आयो २०२४ जावा ४२

जावाले आफ्नो पुरानो मोडल जावा ४२ को अपडेट भर्सन भारतीय बजारमा प्रस्तुत गरेको छ । कम्पनीले यसको फिचर्स, पेन्ट स्किम, इन्जिन गियरबक्स र फ्रेम अपडेट गरेको छ । अपडेट पछि पनि २०२४ जावा ४२ को मूल्यमा १७ हजार भारु सस्तो भएको छ । अब नयाँ संस्करण पुरानो भन्दा बढी किफायती भएको छ ।

अपडेट गरिएको जावा ४२ को कोरमा यसको लिक्विड कुल्ड, सिंगल-सिलिन्डर मोटरको नयाँ संस्करण हो । यसलाई अहिले जे प्यान्थर भनिनेछ । नयाँ इन्जिनमा रिफाइनमेन्ट, एफिशिएन्सी र परफर्मेन्स सुधार गर्न महत्वपूर्ण परिवर्तन भएको छ ।

कम्पनीले सो नयाँ बाइकको थर्मल दक्षतामा २५ प्रतिशत र कुलिङ दक्षतामा १५ प्रतिशत वृद्धि भएको दाबी गरेको छ । यसको क्र्याङ्कशाफ्टलाई पुन: सन्तुलित गरिएको छ, जसले बाइकको कम्पन कम गर्न र मोटरलाई अझ टिकाउ बनाउन मद्दत गर्छ ।

अपडेट गरिएको जावा ४२ मा एक्जस्ट र च्यासिसमा परिवर्तन गरिएको छ । यसको फ्युल इफिसियन्सी सुधार गर्नका लागि लाम्ब्डा सेन्सरलाई सिलिन्डर हेडको नजिक सारिएको छ ।

साथै बाइकलाई राम्रो राइडिङको लागि सस्पेन्शन पनि अपडेट गरिएको छ । ब्रेकिङ सिस्टम स्ट्यान्डर्ड रुपमा सिंगल च्यानल एबीएका साथमा उपलब्ध छ,  तर केही भेरिएन्टमा ड्युअल च्यानल युनिट उपलब्ध छ । स्पेक र अलोय ह्विल भेरिएन्ट पनि विकल्प रहेको छ ।

सम्बन्धित समाचारहरू

कलर भेरिएन्ट अनुसार अलोय ह्विल भएको जावा ३५० अपडेट, घट्यो मूल्य

कलर भेरिएन्ट अनुसार अलोय ह्विल भएको जावा ३५० अपडेट, घट्यो मूल्य

जावा मोटरसाइकलले भारतीय बजारमा आफ्नो क्लासिक बाइक जावा ३५० अपडेट गरेको छ ।...

क्लासिक लेजेन्ड्सका सह–संस्थापकले जिते येज्दी ट्रेडमार्कको मुद्दा

क्लासिक लेजेन्ड्सका सह–संस्थापकले जिते येज्दी ट्रेडमार्कको मुद्दा

क्लासिक लेजेन्ड्सका सह–संस्थापक बोमन इरानीले अन्ततः येज्दी ट्रेडमार्कको...

थप फिचरसहित जावा ४२ एफजे भारतमा लन्च

थप फिचरसहित जावा ४२ एफजे भारतमा लन्च

जावा येज्दी मोटरसाइकलले नयाँ जावा ४२ एफजे भारतीय बजारमा लन्च गरेको छ । यसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...