के हो बीवाईडी हाई–टेक विक २०२५ ? ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव हुने दाबी
काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...
काठमाडौं – नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सेल्स एन्ड एक्सचेन्ज कार्निभल प्रारम्भ गरेको छ । आज देखि प्रारम्भ भएको सो कार्निभल शुक्रबार सम्म चल्ने छ ।
नयाँ सवारी साधन किन्न वा पुरानोसँग नयाँ एक्सचेन्ज गर्नका लागि दसैं लगायतका चाडपर्वको अवसरमा ल्याइने आकर्षक अफर पर्खिने चलन धेरै नेपालीको छ । तर सहरमा कुलेस्ट स्कुटर उपलब्ध भएको समयमा त्यही समयमा पाइने आकर्षक अफर उपलब्ध गराएकाले अब पर्खिनु आवश्यक नभएको कम्पनीको भनाइ छ ।
कम्पनीले नेपाली बजारमा उपलब्ध जीहो एई६ प्लसमा यो अफर ल्याएको हो । यस अनुसार नगद वा फाइनान्समा सो इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई सिधै २० हजार रुपैयाँ छुट प्रदान गरिने जनाएको छ ।
त्यसैगरी आफ्नो कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग साट्न चाहनेले थप ३० हजार रुपैयाँ एक्सचेन्ज भ्यालु पाउने छन् ।
कार्निभलमा सहभागी भएर स्कुटर किन्ने एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको रुपमा दसैं सपिङ भौचरको रुपमा १५ हजार र एक जना अवलोकनकर्तालाई ५ हजार रुपैयाँ प्रदान गरिने समेत कम्पनीको भनाइ छ ।
यी सबै कार्यका लागि अन द स्पट फाइनान्सिङ र अन द स्पट भ्यालुएसन गरिने छ ।
काठमाडौं उपत्यकाका नक्साल नारायणचौर र झम्सिखेल ललितपुरमा रहेको शोरुममा सो कार्निभल हुनेछ ।
यस्तो छ जीहो एई६ प्लसको विशेषता
एई६ प्लस २.५ किलोवाट साइड माउन्टेड मोटरद्वारा संचालित छ । यसमा जीहो राइड एप्स, किलेस डिजाइन (एनएफसी कार्ड), एन्टी–थेफ्ट सिस्टम, हिल असिस्टेन्स, १८ फरक कलर स्ट्यान्स सहित क्रुज कन्ट्रोल समेत दिइएको छ ।
यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पनन गर्छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ । सो स्कुटरले ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिन्छ । सो स्कुटरले फुल चार्जमा ७० देखि ९० किलोमिटर रेन्ज प्रदान गर्छ ।
एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, टप स्पिड ८० किलोमिटर प्रतिघण्टा, ह्विल पावर १६० एनएम रहेको छ ।
ड्युअल डिस्क थ्री पिस्टन क्यालिपर, सिंगल सस्पेन्सन रियर, फ्रन्टमा प्रिलोड एड्जस्टमेन्ट सहितको ड्युअल टेलिस्कोपिक सस्पेन्सन र ५ प्रतिशत रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिइएको छ, जसको फलस्वरुप प्रयोगकर्ताले अधिकतम ७० देखि ९० किलोमिटर परचार्ज रेन्ज पाउन सक्नेछन् ।
काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...
संसारकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले भारतमा...
काठमाडौं – सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनको कर बढाए पश्चात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...