नाडा अटो शोमा लन्च हुने जिकर एक्सको मूल्य सार्बजनिक, दुई भेरिएन्ट नेपाल आउँदै

काठमाडौं– जिकर ईभीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले एक्स मोडलको मूल्य सार्बजनिक गरेको छ । कम्पनीले यसको रियर ह्विलर र अल ह्विल ड्राईभ भेरिएन्ट नेपाल ल्याउने जानकारी दिँदै मूल्य सार्बजनिक गरेको हो । जसअनुसार, यो नयाँ प्रिमियम ईभीको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख पर्ने जनाइएको छ ।

चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमिमय ईभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडको सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल– ह्विल–ड्राइभ सिस्टम दिएको छ ।

सो नयाँ कम्प्याक्ट एसयुभीमा जीकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । साथै यसको रियर ह्विल ड्राइभमा २०० किलोवाट तथा अल ह्विल ड्राइमा ३१५ किलोवाट क्षमताको मोटर राखिएको छ ।

सिंगल मोटर भेरिएन्टले २०० किलोवाट पिक पावर तथा ३४३ एनएम टर्क र डुअल मोटर भेरिएन्टले ३१५ किलोवाट पिक पावर र ५४३ एनएम टर्क जेनेरेट गर्दछ । स्टार्ट गरेको ३.८ सेकेन्डमै यसले सून्यदेखी १०० किलोमिटर सम्मको गति लिन सक्छ ।

जिकर एक्समा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेभ राडर र १२ वटा अल्ट्रा सोनिक सेन्सर समेत जडान गरिएको छ । यो कारमा १४.६ इन्चको सेन्ट्रल स्लाइडिङ इन्फोटेन्मेन्ट स्क्रिन, २४।३ इन्चको हेड–अप–डिस्प्ले तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल राखिएको छ ।

जीलीको सस्टेनेवल इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको यो एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम छ भने ह्विलवेश २७५० एमएम लामो छ । यो कार हाल विश्वका २५ देशमा उपलब्ध रहँदै आएको छ ।

जिकर एक्स आगामी नाडा अटो शोमा लन्च हुने तयारीमा रहेको बहुप्रतिक्षित विद्युतिय एसयुभी हो । यसले अटो शोमा ईभी पारखीको मन जित्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचारहरू

पुराना स्टकका इलेक्ट्रिक स्कुटरमा अफर : सतर्कता अपनाउन ग्राहकलाई ८ सुझाव

पुराना स्टकका इलेक्ट्रिक स्कुटरमा अफर : सतर्कता अपनाउन ग्राहकलाई ८ सुझाव

नेपालमा हाल पुराना स्टकका इलेक्ट्रिक स्कुटरहरूमा भारी छुट र आकर्षक अफर...

४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च...

टेस्ला साइबरट्रकलाई टक्कर दिन जीएसीले नयाँ पिकअप ल्याउने

टेस्ला साइबरट्रकलाई टक्कर दिन जीएसीले नयाँ पिकअप ल्याउने

चिनियाँ अटो निर्माता जीएसीले हालै सम्पन्न सांघाई मोटर शोमा आफ्नो नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...