नाडा अटो शो २०२४ : कम मूल्यको ओमोडा ई५ उपलब्ध हुने

काठमाडौं – आगामी भाद्र ११ देखि प्रारम्भ हुने नाडा अटो शो २०२४ मा ओमोडा ई५ को कम मूल्यको भेरिएन्ट उपलब्ध हुने भएको छ । नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले हाल उपलब्ध मोडल भन्दा कम मूल्यको मोडल प्रदर्शन गर्ने भएको हो ।

हाल ओमोडा ई५ लक्स भेरिएन्ट नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ । अब नयाँ भेरिएन्ट ई५ डिलक्स हुनेछ । यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ ।

हाल उपलब्ध मोडल जस्तै मोटर र ब्याट्री पावर भए पनि केही फिचर भने यसमा हुु्ने छैनन् । नयाँ मोडलमा पहिलेको मोडलको तुलनामा सनरुफ र रियर रिडिङ लाइट, ३६० डिग्री क्यामेरा, प्राइवेसी एन्ड साइलेन्ट ग्लासेज, रियर डाइनामिक टर्निङ लाइट, पडल लाइट र पावर टेलगेट जस्ता फिचर हुने छैनन् । अन्य फिचर भने यथावत रहने छन् ।

यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्यट्री रहेको छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ ।

यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युृअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।

यसमा एडास ड्राइभिङ असिस्टेन्स सुविधा पनि रहेको छ, जस अन्तर्गत लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ ।

ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू छन् ।

एक्सटेरियर फिचर अन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ । यसको अर्को आकर्षण २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

सम्बन्धित समाचारहरू

नर्वे : प्रत्येक १० नयाँ कारमा ९ युनिट ईभी बिक्री

नर्वे : प्रत्येक १० नयाँ कारमा ९ युनिट ईभी बिक्री

सन् २०२४ मा नर्वेमा बिक्री भएका प्रत्येक १० नयाँ कारमध्ये ९ वटा ईभी रहेको...

हाइग्राउन्ड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

हाइग्राउन्ड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

पोखरा – सन् २०१० देखि सञ्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको...

यात्रीको अर्को स्पष्टिकरण : भाइरल तस्बिर परीक्षणको क्रममा रहेको चेसिसको हो, तस्बिर नयाँ हो

यात्रीको अर्को स्पष्टिकरण : भाइरल तस्बिर परीक्षणको क्रममा रहेको चेसिसको हो, तस्बिर नयाँ हो

यात्री मोटरसाइकलको भाँचिएको चेसिसको वारेमा विभिन्न समाचार सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...