टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभीको प्रि–बुकिङ खुला गरेको छ । अब ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ गर्न सक्नेछन् भने प्रि–बुकिङ गरिएका गाडीहरु आगामी नाडा अटो शोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिनेछ ।

उत्कृष्ट एक्टी.ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेको छ ।

एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च ईभीमा रहेको बताइएको छ । १६ इन्च एलआरआर टायर, १९० एमएम ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन । साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिट भन्दा बढी बिक्री भइरहेको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित हुन सफल भइसकेको छ ।

पन्च ईभीले आधुनिक ग्राहकहरुको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्दै एक अतुलनीय यात्रा अनुभूतिको प्रत्याभूति गर्दछ । यसले पन्च ब्रान्डको विश्वसनीयतालाई मात्र नभई समग्र टाटा ब्रान्डको ईभी पोर्टफोलियोमा नयाँ आयाम थपेको छ ।

पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

गरुड सेक्युरिटजले किन्यो एकै दिनमा १० थान नियू इलेक्ट्रिक स्कुटर

गरुड सेक्युरिटजले किन्यो एकै दिनमा १० थान नियू इलेक्ट्रिक स्कुटर

गरुड सेक्युरिटिजले एकैदिनमा नियू ब्रान्डको १० थान गोभा ०५ इलेक्ट्रिक...

मोटरस्पोर्ट प्रवेशको तयारीमा बीवाईडी, फर्मुला वान प्रवेशको सम्भावना

मोटरस्पोर्ट प्रवेशको तयारीमा बीवाईडी, फर्मुला वान प्रवेशको सम्भावना

चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले विश्वकै उच्चस्तरीय...

स्टाइलिस लुक्स र उन्नत सुविधासहित टाटा अल्ट्रोज फेसलिफ्ट लन्च

स्टाइलिस लुक्स र उन्नत सुविधासहित टाटा अल्ट्रोज फेसलिफ्ट लन्च

टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय ह्याचब्याक अल्ट्रोजको नयाँ फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...