यामाहाले भारतमा पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने, २०२५ को अन्त्यसम्म लन्च हुने
यामाहाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने योजना...
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एमटी–१५ भर्सन–२ को बुकिङ खुल्ला गरेको छ । कम्पनीले यसको मूल्य ५ लाख ५० हजार रुपैँया निर्धारण गरेर बुकिङ खुलाएको हो । सो नयाँ मोटरसाइकल आगामी नाडा अटो शोमा औपचारिक लन्च हुने र लगत्तै ग्राहकलाई हस्तान्तरण हुने अनुमान गरिएको छ ।
एमटी–१५ यामाहाको चर्चित न्याकेड स्पोर्ट्स मोटरसाइकल हो । यसअघि रेगुलर एमटी–१५ बिक्री गर्दै आएकोमा हाल यसको अपग्रेडेड भर्सनका रुपमा भी२ मोडल नेपाल आउन लगोको हो । एमटी–१५ भी२ मा रेगुलर भर्सनमा जस्तै १५५ सिसी क्षमताको इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले १८.५ पिएस पावर र १४.१ एनएम टर्क जेनेरेट गर्दछ ।
सो नयाँ मोटरसाइकलको हेड लाइटलाई अपडेट गरिएको छ भने गोल्डन फ्रन्ट फोर्क र नयाँ सस्पेन्स सिस्टमसहित केही नयाँ फिचर थप गरिएको छ । साथै यसमा डुअल च्यानल एबिएस, ट्रयाक्सन कन्ट्रोल सिस्टम र एसिस्ट एन्ड स्लिपर क्लच लगायत फिचर राखिएको छ ।
एमटी–१५ भी२ लाई १३० किलोमिटर प्रतिघण्टा सम्मको उच्च स्पिडमा हाँक्न सकिने दाबी गरिएको छ । बाइकमा १० लिटर क्षमताको फ्यूल ट्यांक, ८१० एमएम सिट हाइट र १७० एमएम ग्राउन्ड क्लिरियन्स लगायत सुबिधा दिइएको छ ।
यामाहाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने योजना...
स्कुटर प्रयोगकर्तालाई यदि तपाईको स्कुटर कस्तो छ भनेर सोध्ने हो भने उनीहरु...
काठमाडौं – नेपाली बजारमा यामाहाको बीएस६ मोडलको आर१५ भी३ भित्रिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...