सामसुङले ल्यायो २० वर्षसम्म चल्ने नयाँ सोलिड स्टेट ब्याट्री, रेन्ज ९६५ किलोमिटर

टेक जायन्ट कम्पनी सामसुङले नयाँ सोलिड स्टेट ब्याट्री सार्बजनिक गरेको छ । दक्षिण कोरियाको सियोलमा आयोजना भएको एसएनई ब्याट्री डे–२०२४ एक्सपोमा कम्पनीले आफ्नो नवीनतम ब्याट्री टेक्नोलोजी सार्बजनिक गरेको हो । सो नयाँ ब्याट्री सोलिड स्टेट टेक्नोलोजीमा आधारित छ ।

सामसुङका अनुसार नयाँ ब्याट्रीलाई २० वर्षसम्म प्रयोग गर्न सकिन्छ । यसको सबैभन्दा प्रभावशाली पक्ष भनेको प्रति किलोग्राम ऊर्जा घनत्व लगभग ५०० किलोवाट होल्ड गर्न सक्नु हो । जुन हाल प्रयोग हुँदै आएका ईभी ब्याट्रीको तुलामा लगभग दोब्बरले बढी हो । जसले सिंगल चार्जमा ९६५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सो ब्याट्रीको अर्को प्रभावशाली विशेषता भनेको यसलाई ९ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यद्यपि, यसका लागि ४८० किलोवाटदेखी ६०० किलोवाटसम्म स्पिडको चार्जिङ पूर्बाधार जरुरी हुन्छ ।

यो नयाँ प्रबिधीको ब्याट्रीलाई प्रयोगमा ल्याउन सामसुङले यसअघिनै कार निर्माताहरुसंग सम्झौता गरिसकेको छ । सम्भवत टोयोटाले ल्याउने लेक्सस ईभीमा पहिलोपटक यसको प्रयोग हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...