टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ , तमोर कोरिडोरबाट जोडिए चीन र भारत
फुङ्लिङ- राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र...
काठमाडौँ - निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको दुबैतर्फ ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको बकैया गाउँपालिकास्थित लामो धेद्रे सुरुङको स्विच थिचेर ब्रेक थ्रु भएको घोषणा गरेका हुन् ।
प्याकेज नम्बर २ मा रहेको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङ मार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाई रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज ब्रेक थ्रु भएको नेपाली सेनाले जानकारी दिएको छ ।
यसअघि यही जेठ ४ गते लेनडाँडा सुरुङ मार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङ मार्ग छिचोलिएको थियो । कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ ।
स आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।
२१ वैशाख २०७४ को निर्णय अनुसार काठमाडौं तराई द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको हो । जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ ।
फुङ्लिङ- राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र...
काठमाडौं – यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनका...
काभ्रेपलान्चोक–जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलान्चोकको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...