गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जिक्युटिभ मिट २०८० कार्यक्रम सम्पन्न
नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री...
काठमाडौं – गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र आफ्नो पार्टनर मिट द्यगष्मिष्लन च्भबितष्यलकजष्उ, ब्अअभभिचबतष्लन क्गअअभकक नारामा सम्पन्न गरेको छ ।
सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो।
देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अघिल्लो वर्षको समीक्षा गरी आगामी दिनको रोडम्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको छ । कम्पनी, स्टेक होल्डर्स (पार्टनर, रिटेलर र प्राइभेट ग्यारेज मेकानिक्स) र ग्राहक बिचको सम्बन्ध अझै मजबुत बनाई प्रगति तर्फ अग्रसर हुनु पर्ने धारणा ब्यक्त भएको कम्पनीले जनाएको छ। कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो।
कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन। सबै मिलेर एकजुट भएर समस्यालाई पछाडि राखेर अगाडि बढ्नु पर्नेछ। हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्न म र मेरो टिम हरदम तयार र प्रतिबद्ध छ। हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गर्दैछौं । यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुनेछ ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।
गल्फ लुब्रिकेन्ट नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड भएको कम्पनीको भनाइ छ ।
नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री...
वीरगन्ज – टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं–यूनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजको आयोजना र भिडोल कर्पोरेशन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...