नेक्सन ईभीलाई टक्कर देला त नेटा भीले ? यस्तो छ फिचर्स र मूल्य
नेपालको इलेक्ट्रिक भेइकल बजारमा सर्बाधिक माग भएको इलेक्ट्रिक कार हो टाटा...
टेक्नोलोजी जायन्ट हुवावे र सेरेसद्वारा संयुक्त रुपमा डिजाइन गरिएको एइटो एम९ को ७० हजारौं युनिट ग्राहकलाई डेलिभरी गरिएको छ । त्यसैगरी एइटोले उत्पादन गरेको ४ लाखौ कार एसेम्बली लाइनमा रोल अफ गरिएको छ ।
जुलाई २९ मा एक कार्यक्रमको आयोजना गरी सेरेसले सो उपलब्धि सार्वजनिक गरेको हो । कार निर्माता कम्पनी सेरेसका अनुसार सबैभन्दा छिटो यो माइलस्टोन हासिल गर्ने एइटो पहिलो न्यु इनर्जी भेइकल ब्रान्ड बनेको छ ।
गत महिना मात्र सेरेसले एइटो ट्रेडमार्क र हुवावेबाट सम्बन्धित पेटेन्ट लिनका लागि ३४४ मिलियन अमेरिकी डलर खर्च गरेको सार्वजनिक गरेको थियो । सन् २०२१ मा स्थापना भएको एइटोका लागि सेरेस र हुवावेले संयुक्त कार्य गरिरहेका छन् । हाल एइटोले एम५, एम७ र एम९ मोडल उत्पादन गर्दै आएको छ । यस अन्तर्गत रेन्ज एक्सटेन्डर हाइब्रिड र प्योर इलेक्ट्रिक भर्सनमा सवारी साधन उपलब्ध छन् ।
जुन महिनामा एइटोले ४१ हजार २०६ अर्थात अघिल्लो वर्षको यही अवधिको तुलनामा ७०६ प्रतिशत बढी गाडी बिक्री गरेको छ । जनवरी देखि जुन सम्मको अवधिमा १ लाख ८२ हजार भन्दा बढी गाडी बिक्री गरिसकेको छ । सन् २०२४ मा ६ लाख गाडी बिक्री गर्ने एइटोको योजना छ ।
चीनका ‘न्यु फोर्स’ अटोमोटिभ निर्माता कम्पनीहरुमा सबैभन्दा टपमा एइटो ब्रान्ड पर्न सफल भएको छ ।
नेपालमा पनि हाल एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यसका आधारमा भविष्यमा एइटोका विभिन्न मोडल पनि नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
नेपालको इलेक्ट्रिक भेइकल बजारमा सर्बाधिक माग भएको इलेक्ट्रिक कार हो टाटा...
सिट्रोनले आफ्नो लोकप्रिय कार सी३ को इलेक्ट्रिक भर्सन ईसी३ भारतमा लन्च...
ईभी निर्माता कम्पनी बीवाईडीले डीजेआईसँगको सहकार्यमा ‘लिङयुआन’ नामक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...