महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा प्रदान गर्ने भएको छ ।

बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ ।

महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने बैंकले बताएको छ ।

साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि व्यावसायिक कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

‘विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।

सम्बन्धित समाचारहरू

घट्दै बैंक र वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो लोन, के हो हायर पर्चेज कर्जा ?

घट्दै बैंक र वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो लोन, के हो हायर पर्चेज कर्जा ?

अर्थतन्त्र शिथिल भएको असर अटो लोनमा समेत देखिएको छ । बैंक तथा वित्तीय...

ईभीमा ल्याइएको नयाँ ऋण मूल्य अनुपातको प्रभाव र असर : एक समीक्षा

ईभीमा ल्याइएको नयाँ ऋण मूल्य अनुपातको प्रभाव र असर : एक समीक्षा

विद्युतीय सवारी साधन (ईभी) खरिद गर्दा ६० प्रतिशत मात्रै फाइनान्सिङ सुविधा...

२५ लाखसम्मको अटो कर्जामा जोखिमभार अव १०० प्रतिशत

२५ लाखसम्मको अटो कर्जामा जोखिमभार अव १०० प्रतिशत

काठमाडाैँ -२५ लाखसम्मको अटो कर्जामा जोखिमभार घटेको छ । नेपाल राष्ट्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...