नेटा एक्स : लन्च भएको ७२ घण्टामै १००० बढी अर्डर, नाडा अटो शोमा उपलब्ध हुने

थाइल्यान्डमा नेटा एक्स ईभी लन्च भएको ७२ घण्टामै एक हजार युनिट भन्दा बढी अर्डर प्राप्त भएको छ ।

थाइल्यान्डमा गत साता लन्च भएको एसयूभी–स्टाइल ईभी नेटा एक्समा सो अर्डर प्राप्त भएको हो । थाइल्यान्डमा नेटाले लन्च गरेको यो दोस्रो मोडल हो । यो भन्दा पहिले गत मार्चमा नेटा भी–टु लन्च भएको थियो ।

नेटा एक्स कम्फर्ट र स्मार्ट गरी दुई मोडल लन्च गरिएको थियो । कम्फर्ट मोडलमा ५१.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ, जसले सिंगल चार्जमा ४०१ किलोमिटरको रेन्ज दिने बताइएको छ । त्यसैगरी स्मार्ट मोडलमा ६२ किलोवाट आवरको ब्याट्री छ र ४८० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ ।

सो गाडीमा प्रयोग भएको ब्याट्रीमा आईपी ६८ डस्टप्रुफ र वाटरप्रुफ हाई सेफ्टी फिचर रहेको छ ।

नेपाली बजारमा पनि सीजी मोटर्सले नेटा एक्स मोडल बिक्री–वितरण गर्ने जानकारी पहिले नै सार्वजनिक भएको थियो । यद्यपि औपचारिक रुपमा अहिले सम्म बिक्री प्रारम्भ भएको छैन ।

आगामी भाद्र ११ देखि प्रारम्भ हुने नाडा अटो शोमा यो गाडी अवलोकन गर्न सकिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

प्रोटोन ईमासको नयाँ शोरुम थापाथलीमा, ५ जनालाई ईमास७ हस्तान्तरण

प्रोटोन ईमासको नयाँ शोरुम थापाथलीमा, ५ जनालाई ईमास७ हस्तान्तरण

प्रोटोन ईमासको नयाँ शोरुमा थापाथलीमा विस्तार भएको छ । प्रोटोन गाडीको...

बीवाईडीका गाडी नियमित प्रक्रियामार्फत नेपाल भित्रिएको अर्थ मन्त्रालयको दाबी

बीवाईडीका गाडी नियमित प्रक्रियामार्फत नेपाल भित्रिएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं – बीवाईडीका ६४९ वटा गाडी कानुनसम्मत र नियमित प्रक्रियामार्फत...

तीन दिन पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने विशेष अफर चल्दै

तीन दिन पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने विशेष अफर चल्दै

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...