सिजी मोटर्सले अव नेपालमै सिएटिल ब्याट्रीको सर्भिस सेन्टर र ल्याब स्थापना गर्ने

काठमाडौँ– सिजी मोर्टसले नेपालमा संसारकै ठुलो ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ । नेपालमा बढ्दो ईभि गाडीहरू तथा ग्राहकमाझ ब्याट्रीलाई लिएर देखिएको दुबिधालाई अन्त्य गर्न कम्पनीले ब्याट्रीको सुविधासम्पन्न सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको हो ।

ब्याट्री सर्भिस सेन्टर २०२४ सेप्टेम्बरबाट सुरु हुने कम्पनीले जनाएको छ । ब्याट्री सर्भिस सेन्टर तथा ल्याबको लागि छुटै सर्भिस हबबाट सेवा उपलब्ध गराउने लक्ष्य लिएको सिजीले दक्ष र सिएटिएलको प्राविधिक ट्रेनिङ लिएर सेवा उपलब्ध गराउने जनाएको छ ।

विश्व बजारमा ३७ प्रतिशत बजार ओगटेको सिएटिल ब्याट्रीको नेपालमा बजार हिस्सा दुई तिहाई रहेको सिजी मोटर्सको भनाई छ । सिजी मोटर्सले स्थापना गर्न लागेको सर्भिस सेन्टरमा आफ्नो ब्रान्ड प्रयोग गर्ने ग्राहक बाहेक नेपालमा सिएटिएलको ब्याट्री जडित अन्य ब्रान्डका ग्राहकले पनि सेवा लिनसक्ने जनाएको छ ।

छिटो सर्भिस प्रधान गरिने तथा सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकहरुले सेवा लिनसक्ने हुनाले सिएटिएल ब्याट्री नेपालमा अझै लोकप्रिय हुने कम्पनीले बिश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

सीएटीएलको वार्षिक खुद नाफा नै १० अर्व डलर, विकास र अनुसन्धानमा ३.२१ अर्व डलर खर्च

सीएटीएलको वार्षिक खुद नाफा नै १० अर्व डलर, विकास र अनुसन्धानमा ३.२१ अर्व डलर खर्च

विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले हालसम्मकै सर्बाधिक...

चिसोमा कारको ब्याट्री कसरी जोगाउने, अपनाउनुहोस् यी टिप्स

चिसोमा कारको ब्याट्री कसरी जोगाउने, अपनाउनुहोस् यी टिप्स

चिसो मौसममा कारको ब्याट्री चाँडै खेर जाने वा बिग्रने सम्भावना बढी हुन्छ ।...

फक्सवागन प्रमुख लगानीकर्ता रहेको ब्याट्री उत्पादक नर्थभोल्ट आर्थिक संकटमा

फक्सवागन प्रमुख लगानीकर्ता रहेको ब्याट्री उत्पादक नर्थभोल्ट आर्थिक संकटमा

काठमाडौं– यूरोपको सबैभन्दा ठूलो ब्याट्री उत्पादक नर्थभोल्ट आर्थिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...