भोलि शाओमीको पहिलो इलेक्ट्रिक कार लन्च हुने, मूल्य करोडमा
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात...
काठमाडौं – पायोनियर मोटोकर्प प्रालि नेपालमा ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको आधिकारिक वितरक बनेको छ । पायोनियर मोटोकर्पले नेपाली बजारमा जिकरको जिकर एक्स मोडल सार्वजनिक गर्ने तयारीको अन्तिम चरणमा रहेको बताएको छ ।
जिकर ब्रान्ड नेपाली बजारमा जिकर एक्स मोडलसहित डेब्यु गर्नेछ जसमा डुअल–मोटर अल–ह्विल ड्राइभ र सिङ्गल–मोटर रियर–ह्विल ड्राइभ गरी दुई भेरिएन्ट रहेका छन् ।
जिकर एक्स एक प्रिमियम कम्प्याक्ट एसयूभी हो जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । जिकर एक्सले एक पृथक डिजाइन–शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापना गर्ने बताइएको छ । जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्दछ । सोही कारण नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि जिकर एक्स एक उत्तम एसयूभी सावित हुने कम्पनीको भनाइ छ ।
जिकर एक्सको दुवै भेरिएन्टमा ६६ किलोवाट आवरको ब्याट्री रहेको छ जसले सिंगल मोटर, रियर ह्विल ड्राइभ, लङ रेन्ज मोडलमा ४४० किलोमिटरको डब्लुएलटीपी रेन्ज प्रदान गर्दछ । १५० किलोवाटको डीसी चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई शून्यबाट १०० प्रतिशत सम्म चार्ज ४ घण्टाभित्र पूरा गर्दछ ।
पायोनियर मोटोकर्पका निर्देशक सन्दीप कुमार शारडाका अनुसार जिकर एक त्यस्तो प्रिमियम ईभी ब्रान्ड हो जसले आजको युगको ग्राहकहरूको जीवनशैलीलाई बुझ्दै आधुनिक प्रविधिमा ग्राहक केन्द्रित गाडी डिजाइन तथा उत्पादन गर्दछ । उनी भन्छन्, ‘जिकर एक्स गतिशील शहरी सभ्यताको आधुनिक जीवनशैलीका लागि डिजाइन गरिएको गाडी हो । नेपाली ग्राहकको समयअनुरुप परिष्कृत रूचि तथा आधुनिक जीवनशैलीलाई हामी निकटबाट बुझ्दछौँ । सोही अनुरुप हामीले परिवेश र समय–सुहाउँदो जिकर ब्रान्ड नेपालमा सार्वजनिक गरिरहेका छौँ जसले उच्चस्तरीय पर्फमेन्स, अत्याधुनिक प्रविधिसहित प्रिमियम एसयूभीको बढ्दो मागलाई पूरा गर्दछ । जसअन्तर्गत जिकर एक्स डेब्यु मोडल रहेको छ जसले सरल डिजाइन, आधुनिक प्रविधि तथा उच्चस्तरको सुरक्षा सुविधा एकसाथ प्रस्तुत गर्दछ । नेपाली एसयूभी बजारमा जिकर एक्स, एक नौलो अनुभव र नयाँ अध्याय सावित हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’
जिकर एक्सको आधुनिक र ‘एरोडाइनामिक’ डिजाइनले यसलाई अरू एसयूभी भन्दा अझै सरल, सुन्दर र सुविधासम्पन्न गाडीको रूपमा स्थापित गर्दछ । गाडीको एक्सटेरियर भागमा ‘स्मुथ लाइन तथा स्कल्पटेड प्रोफाइल’ को डिजाइन प्रयोग, ‘प्यानोरामिक सनरुफ’, र इन्ट्रिगेटेड डबल–एज्ड एलईडी डीआरएलको आकर्षण पाउन सकिन्छ । साथै, जिकरको ‘इन्टेलिजेन्ट बि–पिलर’ नामक विशेष सुविधाले कारभित्र प्रवेश गर्नुअगावै गाडीको बारेमा महत्वपूर्ण जानकारीहरू ‘डोर ह्यान्डल’ मा देखाउँछ ।
गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’ जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिनुका साथै सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको छ । यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल समावेश रहेको छ ।
सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एसईए) मा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टी (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ । यस अन्तर्गत ७ वटा एयरब्याग, इन्टर्नल एन्टी–कोलिजन बिम र परिष्कृत सुरक्षा प्रणालीले गाडीमा सवार सबैलाई उच्चस्तरीय सुरक्षा प्रदान गर्दछ ।
जिकर ईभी नेपाली बजारमा उपलब्ध हुने समाचार पहिले नै सार्वजनिक भए पनि पायोनियर मोटोकर्पले अन्य थप जानकारीको लागि सँगै रहन र आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र व्यावहारिक उपयोगिताको एकसाथ प्रयोग भएको एक परिष्कृत अर्बान एसयूभी जिकर एक्सको अनुभव गर्न सबैलाई आमन्त्रित समेत गरेको छ ।
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात...
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय...
काठमाडौं – डीएफएसकेको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...