दिपल एल ०७ को मूल्य ६९ लाख ९९ हजार, नेपालमा लन्चिङको प्रतीक्षा

काठमाडौं – नेपालमा चांगान अन्तर्गत दिपल ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा उपलब्ध हुने अर्को ईभी दिपल एल ०७ को मूल्य औपचारिक रुपमा सार्वजनिक गरेको छ । पहिले भन्सार प्रयोजनका लागि यसको मूल्य ६६ लाख ९९ हजार तोकिएकोमा अब यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ हुने बताइएको छ । यसका आधारमा पहिले भनिए भन्दा यसको मूल्यमा ३ लाख रुपैयाँ वृद्धि भएको छ ।

नेपाली नयाँ वर्ष २०८१ को शुरुवात देखि नै नेपाली सडकमा यो ईभी सेडानको परीक्षण भइरहेको छ । यद्यपि यसको औपचारिक लन्च भने भएको छैन । आगामी नाडा अटो शोमा यसलाई प्रदर्शन गरिने अनुमान गरिएको छ ।

यसमा ९९ किलोवाटको मोटर हुनेछ । त्यसैगरी ६६.८ किलोवाट आवरको ब्याट्री छ र यसले फुल चार्जमा ५४० किलोमिटर रेन्ज दिने बताइएको छ ।

नेपाली बजारमा दिपल एस ०७ पनि पहिले देखि नै उपलब्ध छ । दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर पाउन सकिन्छ । जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउँछ । दिपल १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो, जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ ।

दिपल एस०७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ । कारमा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।

दिपल एस ०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

लन्च भयो प्रवागको पहिलो इलेक्ट्रिक एसयुभी, यस्तो छ मूल्य, रेन्ज र फिचर

लन्च भयो प्रवागको पहिलो इलेक्ट्रिक एसयुभी, यस्तो छ मूल्य, रेन्ज र फिचर

भारतको स्टार्टअप कम्पनी प्रावगले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई आज...

टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

स्कटल्यान्डमा एकजना ब्यक्तीले टेस्ला मोडल वाईको ब्याट्रीमा पानी पसेपछि...

महिन्द्राको इलेक्ट्रिक थ्रि ह्विलरमा ४० हजारसम्म नगद छुट, देश भरका सोरुममा एक्सचेन्ज मेला

महिन्द्राको इलेक्ट्रिक थ्रि ह्विलरमा ४० हजारसम्म नगद छुट, देश भरका सोरुममा एक्सचेन्ज मेला

काठमाडौं– महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइलमोबिलिटी) को ट्रियो र यारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...