चर्चामा नेपाल भित्रिएको पहिलो अफरोड ईभी जेको जे६

काठमाडौ – नेपाली बजारमा भित्रिएको पहिलो अफरोड ईभी जेको जे६ ले चर्चा पाउन थालेको छ । नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले प्रदर्शन र परीक्षणका लागि ल्याएको सो एसयूभीको लुक्स र ब्रान्ड दुवै नयाँ भएकाले यसले विशेष चर्चा पाएको हो ।

यति मात्र होइन, नेपाली बजारमा हाल सम्म अफरोड ईभी नभएको समयमा जेको जे६ ले अफरोड ईभीको रुपमा समेत चर्चा पाएको छ । बक्सी बडी डिजाइन, प्रिमियम क्याविन फिचर र प्रसस्त स्टोरेज हुनुका साथै २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले यसलाई थप चर्चित बनाएको छ ।

अफरोड र अनरोड दुबै सडकमा सहजताका साथ ड्राइभ गर्न सकिने जे६ मा जेकोले ६९।८ किलोवाट आवरको सीएटीएल ब्याट्री प्याक तथा १३५ किलोवाट क्षमताको मोटर जडान गरेको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर माथि रेन्ज दिने कम्पनी दावी छ ।

अत्याधुनिक र सुविधासम्पन्न फिचर्सले सुसज्जित जे६ मा आकर्षक इन्टेरियर, ठूलो टचस्क्रिन, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लिरियन्स र टेस्लामा जस्तै डिजेआईको क्यामेरा जडित एडास फिचर दिइएको छ ।

जेको जे६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय गाडीको आयातमा छलाङ, ८ महिनामा कुन देशबाट कति आए ?

विद्युतीय गाडीको आयातमा छलाङ, ८ महिनामा कुन देशबाट कति आए ?

काठमाडौं – नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा ७ हजार ८० वटा...

सिप्रदी र यात्री मिलेर बनाएको नयाँ स्कुटरको ७ हजार किलोमिटर परीक्षण, कहिले हुँदैछ लन्च ?

सिप्रदी र यात्री मिलेर बनाएको नयाँ स्कुटरको ७ हजार किलोमिटर परीक्षण, कहिले हुँदैछ लन्च ?

काठमाडौं– सिप्रदी र यात्री मिलेर नेपालमै उत्पादन गरेको विद्युतीय स्कुटर...

पेरिस मोटर शोमा सार्वजनिक भयो जिपको पहिलो इलेक्ट्रिक एसयूभी

पेरिस मोटर शोमा सार्वजनिक भयो जिपको पहिलो इलेक्ट्रिक एसयूभी

जिपले पहिलो पूर्ण इलेक्ट्रिक एसयूभी एभेन्जर सार्वजनिक गरेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...