ओलाद्वारा एस१ एक्स रेन्जका नयाँ इलेक्ट्रिक स्कुटर लन्च
ओला इलेक्ट्रिकले भारतमा एस१ एक्स रेन्जका इलेक्ट्रिक स्क्ुटर लन्च गरेको छ...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभी नेपाल भित्र्याएको छ । नेपालमा लामो समय देखि प्रतीक्षित रहेको पन्च ईभी हाल परीक्षणको लागि भित्र्याइएको हो ।
परीक्षण पश्चात आगामी भाद्र ११ देखि प्रारम्भ हुने नाडा अटो शो २०२४ मा सो गाडी प्रदर्शन गरिने कम्पनी स्रोतको भनाइ छ । नाडा अटो शोमा पन्च ईभी एक प्रमुख आकर्षण बन्ने अनुमान गरिएको छ ।
टाटा पन्च ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । सो नयाँ ईभीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर ६० किलोवाट र ९० किलोवाट क्षमताको दिइएको छ । यसले ३१५ र ४२१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । हाल भित्रिएको पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ ।
हाल नेपाली बजारमा टाटाकै नेक्सन ईभी र टियागो ईभी जस्ता इलेक्ट्रिक कारले बजार लिइरहेको समयमा पन्च ईभी अर्को आकर्षण बन्ने अनुमान धेरैको छ ।
पन्च ईभीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्ट्रयुमेन्ट क्लस्टर छ। टाटा मोटर्सले ईभीका लागि नयाँ प्लेटफर्म एक्टिभ (एक्टिडटईभी) समेत ल्याएको छ। पन्च ईभी पनि यही प्लेटफर्ममा आधारित रहेको छ।
पन्च ईभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्युरिफायर, कर्नरिङ फग ल्याम्पस्, अटो-फोल्डिङ विङ मिरर्स, इलेक्ट्रिक सनरूफलगायत विशेषता छ। साथै पन्च ईभीमा वायरलेस फोन चार्जर र ३६० डिग्री क्यामेरा समेत उपलब्ध छ।
सुरक्षाको लागि पन्च ईभीमा ६ एयरब्याग तथा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) छ।
ओला इलेक्ट्रिकले भारतमा एस१ एक्स रेन्जका इलेक्ट्रिक स्क्ुटर लन्च गरेको छ...
काठमाडौं–सारथी इकुटरको नेपालका लागि आधिकारिक वितरक जेरो इमिसन राइड एनले...
महिन्द्रा एण्ड महिन्द्राले इलेक्ट्रिक कम्पोनेन्टका लागि ग्लोबल अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...