यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’ : सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल

काठमाडौं – यामाहा नेपालले आफ्नो बहुप्रतीक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु राइडले नक्सालस्थित ब्लु स्क्वायर शोरुमबाट कम्पनीले सो घोषणा गरेको हो ।

यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लु स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर मोटरसाइकल सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । ‘ब्लु स्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान–मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीले जनाएको छ ।

‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

‘ब्लु स्ट्रिक्स’को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो,” एमएडब्लु राइड्सकी सीएमओ पुनम सिंहले भनिन् । ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’

‘ब्लु स्ट्रिक्स’ बारे थप जानकारीको लागि र कार्यक्रममा सामेल हुन यामाहाको वेबसाइटमा जान सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाडौं–यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालले ७१.३३...

आर१५ को इन्जिन राखेर यामाहाले ल्याउने भयो आरएक्स१५५

आर१५ को इन्जिन राखेर यामाहाले ल्याउने भयो आरएक्स१५५

जापजिन टु ह्विलर यामाहाले आफ्नो लोकप्रिय सिरिज आरएक्सलाई पुन बजारमा...

लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट

लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...