एसयू७ ईभी पछि अब स्मार्टफोन निर्माता शाओमीले एसयू७ अल्ट्रा हाइपरकार ल्याउने

स्मार्टफोन निर्माता शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ सार्वजनिक गरिसकेको छ । अब कम्पनीले ट्रयाक केन्द्रित ईभी एसयू७ अल्ट्रा पनि ल्याएको छ । सो इलेक्ट्रिक कारमा डिजाइन, एरोडायनामिक्स र परफर्मेन्ससहित स्ट्यान्डर्ड एसयू७ को तुलनामा धेरै अपडेट गरेको छ ।

कम्पनीले शाओमी ईभी एसयू७ अल्ट्रालाई सबैभन्दा छिटो ४ डोर इलेक्ट्रिक कार बनाउने लक्ष्य राखेको छ । कम्पनीले सो हाइपरकारलाई न्युरबर्गिङ ट्रयाकमा लैजाने योजना बनाएको छ । यसमा ३ वटा विद्युतीय मोटरबाट अत्यधिक हाइपरकार परफर्मेन्सको दाबो गरिएको छ । सो कार १ दशमलव ९७ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्ने कम्पनीको दाबी छ । यसको टप स्पिड ३५० किलोमिटर प्रति घण्टा हुनेछ ।

यसमा ब्रेकिङ सिस्टमको लागि ०.६जी रिजेनेरेटिभ ब्रेकिङ र २.३६जी फिजिकल ब्रेक जस्ता फिचर उपलब्ध गराइएको छ, जसका कारण सो कार १०० किलोमिटर प्रतिघण्टाको गतिबाट २५ मिटरमा रोकिन्छ । सो कार यसको सेगमेन्टमा आउने अन्य कारभन्दा हल्का हुनेछ ।

कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक कारको ब्याट्री प्याकको बारेमा कुनै जानकारी दिएको छैन तर यसमा सीएटीएलको नयाँ क्युलिन आईआई प्रयोग गरिएको छ, जुन १२ मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज हुन सक्छ । यसले २० प्रतिशत एसओसीमा पनि १ हजार ७२ एचपी भन्दा बढी पावर दिन सक्ने कम्पनीको दाबी छ ।

सम्बन्धित समाचारहरू

चर्चामा शाओमी वाईयू७ इलेक्ट्रिक एसयूभी, ३ मिनेटमै २ लाख युनिट बुकिङ,  ८३५ किमी रेन्ज

चर्चामा शाओमी वाईयू७ इलेक्ट्रिक एसयूभी, ३ मिनेटमै २ लाख युनिट बुकिङ, ८३५ किमी रेन्ज

चीनको स्मार्टफोन निर्माता कम्पनी शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक कार...

शाओमीको एसयू७ ले ल्यायाे इलेक्ट्रिक कार बजारमा हलचल, ३ सेकेन्डमै १०० किमीको गति

शाओमीको एसयू७ ले ल्यायाे इलेक्ट्रिक कार बजारमा हलचल, ३ सेकेन्डमै १०० किमीको गति

शाओमीले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार शाओमी एसयू७ को नयाँ अपडेट...

शाओमीको ईभी रणनीति : टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्दै युरोपतर्फ पाइला

शाओमीको ईभी रणनीति : टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्दै युरोपतर्फ पाइला

शाओमीले गत वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ लन्च गरेपछि चीनमा राम्रो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...