एयोन ईभी ब्रान्डको कीर्तिमान, ४ वर्षमै १० लाख युनिट ईभीको बिक्री

जीएसी समूहले आफ्नो एयोन (AION) ब्रान्डको लागि उल्लेखनिय उपलब्धि हासिल गरेको छ । ईभी उद्योगमा नयाँ मापदण्ड स्थापना गर्दै कम्पनी स्थापना भएको चार वर्षमै एयोनका १० लाख युनिट भन्दा बढी युनिट सवारी साधन बिक्री भएका छन् । यो ईभी उद्योगमा एक महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ ।

यो उपलब्धिले एयोनलाई विश्वको सबैभन्दा छिटो बढिरहेको ईभी ब्रान्डको रूपमा पुष्टि गर्दछ, जसलाई यसको नवप्रवर्तनकारी प्रविधि, उत्कृष्ट प्रदर्शन, र स्थिरताले प्रेरित गरेको छ।

ईभी मोबिलिटीको माग बढ्दै गर्दा एयोनले आधुनिक उपभोक्ताको आवश्यकताह र प्राथमिकताहरूलाई पूरा गर्ने अत्याधुनिक समाधानहरू प्रदान गर्दै अगुवाइ गरिरहेको बताएको छ ।

नेपाली बजारमा पनि जीएसी एयोन वाई मोडल बिक्रीका लागि उपलब्ध छ । सीजी मोटर्सले यो ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

एयोन वाई यसको आकर्षक डिजाइन, उन्नत विशेषताहरू र उत्कृष्ट रेन्जको लागि चिनिन्छ। यसले नेपालको दिगो भविष्यमा योगदान पुर्‍याउँदै, दक्षता, नवप्रवर्तन, र किफायतीपनलाई संयोजन गर्ने उच्च-स्तरीय विद्युत् सवारी साधन उपभोक्ताहरूलाई प्रदान गर्न लक्ष्य राखेको बताएको छ।

सम्बन्धित समाचारहरू

एलएस अटोको नयाँ शोरुम तीनकुनेमा, नाईमा मोबिलिटी एक्सपोमा नयाँ मोडल लन्च हुने

एलएस अटोको नयाँ शोरुम तीनकुनेमा, नाईमा मोबिलिटी एक्सपोमा नयाँ मोडल लन्च हुने

काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ...

दुबईको आकाशमा पहिलो पटक उड्यो अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी

दुबईको आकाशमा पहिलो पटक उड्यो अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी

दुबईमा पहिलो पटक अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी उडेको छ । दुई सिटे एक्सपेङ...

ग्राहकले पाउन थाले सी१० एसयूभी

ग्राहकले पाउन थाले सी१० एसयूभी

काठमाडौं– साङ्ग्रिला मोटर्सले सी१० एसयूभी ग्राहकलाई दिन शुरु गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...