अटो पार्ट्स इन्टरनेसनल बन्यो योकोहामा टायरको वितरक

काठमाडौं – योकोहामा रबर कम्पनीद्वारा उत्पादित जापनिज टायर ‘योकोहामा’ नेपाली बजारमा औपचारिक रुपमा प्रवेश गरेको छ ।

योकोहामाको नेपालका लागि आधिकारिक वितरकको रुपमा अटो पार्ट्स इन्टरनेसनल घोषणा भएको छ । काठमाडौंमा एक डिलर मिटको आयोजना गर्दै सो घोषणा गरिएको हो । दक्षिण एसियामा कम्पनीले रणनीतिक रुपमा बजार विस्तार गर्ने क्रममा नेपालमा नयाँ वितरक नियुक्त गरेको बताइएको छ ।

सो अवसरमा नेपाली बजारलाई लक्ष्यित गरी त्यसै अनुसार उपयुक्त हुने नयाँ टायर प्रविधिलाई योकोहामाले सोकेश गरेको थियो । सो अवसरमा विश्वव्यापी रुपमै विभिन्न सडकको अवस्था अनुसार सुपेरियर ड्राइभिङ एक्सपेरियन्स र सेफ्टी फिचरका लागि परिचित एड्भान, ब्लुअर्थ, एस–ड्राइभ र जियोल्यान्डर जस्ता हाई–परफर्मेन्स टायर लाइन लगायतका उत्पादनलाई विशेष जोड दिइएको थियो ।

नेपाली बजारमा विश्व स्तरीय टायर सोलुसन उपलब्ध गराउने योकोहामाको प्रतिबद्धतालाई सार्वजनिक गर्दै योकोहामा इन्डियाका सीईओ तथा एमडी हरिन्दर सिंहले विश्वका सबै ड्राइभरहरुको बढ्दो चाहनालाई पुरा गर्नका लागि सबै प्रकारका प्रविधि उपयोग गर्ने टायरको रुपमा परिचित योकोहामा लगातार रुपमा इनोभेसन र एक्सिलेन्समा लागिरहेको बताए । नेपाल योकोहामाका लागि महत्वपूर्ण बजार भएको बताउदै उनले विविध भौगोलिक अवस्थिति रहेको नेपालको सिटी ड्राइभिङ वा अफरोड एड्भेन्चर सबैका लागि उपयुक्त टायर योकोहामाले उपलब्ध गराउने बताए ।

इनोभेसन र क्वालिटीका लागि परिचित योकोहामासँग सहकार्य गर्न पाउदा निकै नै खुसी लागेको बताउदै अटो पार्ट्स इन्टरनेसनलका एमडी सगुुन कंसाकारले नेपाली ग्राहकलाई गुणस्तरीय टायर उपलब्ध गराएर नेपालको अटोमोटिभ क्षेत्रको वृद्धिमा केही योगदान गर्न सकिने अपेक्षा गरे ।

विश्व स्तरमा योकोहामा रबरले नयाँ प्रविधिको प्रयोग गर्दै टायर विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । विभिन्न कम्पनीहरुले आफ्ना सवारी साधन उत्पादनको क्रममा फ्याक्ट्रीमै योकोहामा टायर प्रयोग गर्ने क्रम बढ्दो छ ।

पेट्रोलियम सवारी साधन देखि हाइब्रिड गाडी र ईभी तथा सबै सेगमेन्ट अर्थात सेडान, एसयूभी, स्पोर्ट्स कार र कम्प्याक्ट कार मोडलमा योकोहामा टायर प्रयोग हुन्छ ।

सन् १९१७ मा स्थापना भएको योकोहामा रबर कम्पनी उत्कृष्ट टायर डिजाइन र टेक्नोलोजीको विकासमा अग्रणी मानिन्छ । योकोहामा आईएसओ ९००१ प्रमाणपत्र पाउने पहिलो जापनिज टायर निर्माता कम्पनी पनि हो ।

सम्बन्धित समाचारहरू

मिशेलिनले पन्चर प्रुफ टायर ल्याउँदै, इलेक्ट्रिक कारमा पहिलो पटक प्रयोग हुने

मिशेलिनले पन्चर प्रुफ टायर ल्याउँदै, इलेक्ट्रिक कारमा पहिलो पटक प्रयोग हुने

अबको केही वर्षमा गाडीको टायर पन्चरको समस्याबाट छुटकारा पाउन सकिने भएको छ ।...

बढ्यो सवारीसधान, पार्टपुर्जा र टायरको आयात, व्यवसायी भन्छन् : गत वर्षको असर

बढ्यो सवारीसधान, पार्टपुर्जा र टायरको आयात, व्यवसायी भन्छन् : गत वर्षको असर

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालमा सवारीसधान,...

फुर्बा तेन्जिङ शेर्पाले फहराए सगरमाथा शिखरमा जेके टायरको झण्डा

फुर्बा तेन्जिङ शेर्पाले फहराए सगरमाथा शिखरमा जेके टायरको झण्डा

काठमाडौं – जिनियस वर्ल्ड रेकर्ड होल्डर फुर्बा तेन्जिङ शेर्पाले संसारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...