ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा

काठमाडौं - ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेकाे छ । अहिलेसम्म करिव ७७ प्रतिशत काम सकिएको उक्त फ्लाइओभर कार्तिक अगावै सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माण कार्य हुँदैछ । 

यद्यपि बर्खाको समय भएकाले निर्माणको कार्यमा केही ढिलाई भएको प्रोजेक्ट म्यानेजर कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । ‘बर्खाका कारण फ्लाइ ओभरको कामलाई पहिलाको जस्तो तीव्रता दिन सकिएको छैन, अहिले बर्खाले पनि असर नपर्ने कामहरूले निरन्तरता पाइरहेको छ ।,’ उनले भने । 

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जिम्मा लिएर अगाडि बढाइरहेको उक्त आयोजना आरसी–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएपश्चात् फ्लाइओभरको काम अगाडि बढेको थियो । उक्त ठेकेदार कम्पनीसँग १७ करोड ६८ लाख रुपैयाँमा फ्लाइओभर निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । जसमध्ये अहिलेसम्म ५० प्रतिशत आर्थिक प्रगति भइसकेको पनि श्रेष्ठले जानकारी दिए ।

देशको पहिलो निर्माणाधीन उक्त फ्लाइओभर चार लेनको हुनेछ । बालकुमारी तर्फबाट ३ सय २० र सातोबाटोतर्फबाट एक सय ८५ मिटर लम्बाइको र्याम्प रहेको यस फ्लाइओभर उचाइ ६ मिटरको रहेको छ । ग्वार्को फ्लाइओभर सञ्चालनमा आएपश्चात् चक्रपथको जाम घटाउनुका साथै गन्तव्यमा सहजै पुग्न सक्ने अपेक्षा राखिएको छ ।

सम्बन्धित समाचारहरू

उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु

उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार आठ लाख...

अवरुद्ध हुन नदिन पुनःमर्मत गरिँदै बिपी राजमार्ग

अवरुद्ध हुन नदिन पुनःमर्मत गरिँदै बिपी राजमार्ग

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...