चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

काठमाडौं – नेपालमा किङलङ र केवाईसी लगायतका इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउदै आएको सीजी मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ, र निकट भविष्यमा त्यतिनै चार्जिङ स्टेशन थप्ने योजना रहेको बताएको छ।

बालाजु यातायातका सोम प्रसाद तुलाचन भन्छन्, ‘१८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा सीजी मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट छ। साथै समय समयमा मेरो गाडीहरु काठमाडौं भन्दा बाहिर जाने गरेको छ। सो समयमा मलाई सीजीको चार्जिङ नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ। सीजीको सर्भिस नेटवर्कले गर्दा म झन ढुक्क भएको छु।’

सीजी मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ। सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किङलङ र केवाईसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्दछ। अन्नपूर्ण यातायातका तोयनाथ पोखरेल भन्छन्, ‘सीजी मोटर्सले हाम्रो भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको छ। चार्जिङ स्टेशनहरूको संख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ। काठमाडौँमा ३ वटा स्थानमा सीजीको सर्भिस स्टेशन राखेकाले हामीलाई जुन कुनै स्थानहरुबाट सहजै सर्भिस तथा स्पेर उपलब्ध हुने हुदाँ हामी ढुक्क छौं।’

सीजी मोटर्सको रोडसाइड असिस्टेन्स सेवा समेत उपलब्ध गराएको छ, जसले गर्दा कुनै पनि ठाउँमा बिग्रिएको सवारीसाधनलाई छिटो र प्रभावकारी सेवा तथा सहयोग उपलब्ध हुन्छ ।

गंगा महासागर यातायातका नारायण श्रेष्ठका अनुसार उच्च ग्राउण्ड क्लियरेन्स र गाडीको संरचनाले यातायात सेवाको लागि सो गाडी अब्बल छ। उनका अनुसार सीजी मोटर्सको बढ्दो सर्भिस पूर्वाधारले हामीलाई थप गाडी खरिद गर्न प्रोत्साहन गरेको छ।

सीजी मोटर्स विश्वसनीय र वातावरणमैत्री यातायात समाधानहरू प्रदान गर्न अग्रणी बनेको बताएको छ।

हाल सीजी मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेशन रहेको छ। हाल विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, वीरगन्ज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौँमा, हात्तीवन, चावहिल र भक्तपुर रहेको छ।

सम्बन्धित समाचारहरू

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

काठमाडौं – नेपालमा एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटो शो...

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात...

हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै

हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै

नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...