आपचे आरटिआर १६० को रेसिङ एडिसन सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– टिभिएसले आफ्नो चर्चित मोटरसाइकल अपाचे आरटिआर १६० टुभीको रेसिङ एडिसन सार्बजनिक गरेको छ । रेस प्रेरित ग्राफिक्स र कलर थिममा तयार परिएको यो नयाँ एडिसनको मूल्य १ लाख २८ हजार ७२० भारु पर्ने जनाइएको छ । नयाँ एडिसनमा कार्बन फाइवर ग्राफिक्सका साथ फ्यूल टंयाकिमा रेसिङ एडिसन लोगो राखिएको छ ।

आरटिआर १६० रेसिङ एडिसनमा टिभिएसले एलइडी हेडल्याम्प तथा टेल ल्याम्प, स्पोर्ट, अर्बान र रेन सहितको तीनवटा राइडिङ मोड, टिभिएस स्मार्ट एक्स कनेक्ट फिचर सहितको डिजिटल एलसिडी इन्स्ट्रयुमेन्ट क्लस्टर र ‘ग्लाईड थ्रु टेक्नोलोजी(जिटीटी)’ लगायत विशेषता दिइएको छ ।

नयाँ एडिसनमा इन्जिन भने पुरानै जडान गरिएको छ । टिभिएसले यसमा १६.४ पिएस पावर क्षमताको १६० सिसी इन्जिन जडान गरेको हो । आरटिआर १६० को यो नयाँ एडिसन भोलिका दिनमा नेपाली बजारमा समेत उपलब्ध हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतले वर्ष २०२५ मा हालसम्मकै सर्बाधिक मोटरसाइकल तथा स्कुटर निर्यात गरेको...

सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै

सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

पहिलो पटक बीटीओ सिस्टम सहितको टीभीएस अपाचे आरआर ३१० आयो बजारमा

पहिलो पटक बीटीओ सिस्टम सहितको टीभीएस अपाचे आरआर ३१० आयो बजारमा

भारतमा टीभीएस अपाचे आरआर ३१० को २०२१ भर्सन लन्च भएको छ । यसको मूल्य भारतमा २...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...