८०० किलोमिटरको रेन्ज दिने शाओमीको पहिलो इलेक्ट्रिक कार भारतमा लन्च हुने

चिनियाँ कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयू७ भारतमा लन्च हुने संकेत प्राप्त भएको छ । मिडिया रिपोर्टका अनुसार सो कारलाई भारतीय बजारमा ल्याउने तयारी पूरा भएको छ । हाल सो इलेक्ट्रिक कार बेंगलुरुमा १० औँ वार्षिकोत्सवको अवसरमा डेमो मोडलको रूपमा राखिएको छ।

शाओमीको एसयू७ इलेक्ट्रिक कार चीनमा लन्च भइसकेको छ। हालसम्म सो कारको ७० हजार भन्दा बढी अर्डर प्राप्त भएको छ। सो कारले एक पटक चार्ज गर्दा ८०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

शाओमी एसयू७ लगभग ५ मिटर लामो प्रिमियम इलेक्ट्रिक सेडान कार हो । सो कारमा १०१ किलोवाटको ठुलो क्युलिन ब्याट्री प्याक दिइएको छ । यसको टप एन्ड भेरिएन्टमा ड्युअल मोटर सेटअप दिइएको छ, जसको कारण सो कारले अधिकतम ६०० बीएचपी पावर जेनेरेट गर्छ । कम्पनीले मार्च २०२४ मा यस सेडानको डेलिभरी सुरु गरेको हो ।

शाओमीलाई भारतमा पेश गरेसँगै भविष्यमा लन्च पनि गर्ने निर्णय भएको छ । यद्यपि हालसम्म सो कार भारतमा  लन्चको बारेमा कुनै विवरण खुलासा गरिएको छैन । सो इलेक्ट्रिक कारले टेस्ला, हुन्डाई आयोनिक ५ र बीवाईडी इलेक्ट्रिक कारसँग सीधा प्रतिस्पर्धा गर्नेछ । भारतीय बजारमा यसको एक्स शोरुम मूल्य करिब ४० लाख भारु हुनेछ ।

नेपाली बजारमा पनि यो कार ल्याउने गरी विभिन्न व्यावसायिक घरानाले प्रयास गरेका छन् । यद्यपि यसको वारेमा औपचारिक रुपमा केही जानकारी सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचारहरू

अबुधाबीको ड्र्याग रेसमा शाओमीले फरारीलाई पराजित गर्यो, ९.३ सेकेन्डमै रेस पुरा

अबुधाबीको ड्र्याग रेसमा शाओमीले फरारीलाई पराजित गर्यो, ९.३ सेकेन्डमै रेस पुरा

फरारीलाई संसारकै सबैभन्दा छिटो र शक्तिशाली स्पोर्ट्स कार निर्माता...

शाओमीलाई पछ्याउँदै हुवावेले ल्यायो विलासी इलेक्ट्रिक कार, रोल्स-रोयस र मर्सिडिजलाई टक्कर दिने लक्ष्य

शाओमीलाई पछ्याउँदै हुवावेले ल्यायो विलासी इलेक्ट्रिक कार, रोल्स-रोयस र मर्सिडिजलाई टक्कर दिने लक्ष्य

स्मार्टफोन बजारमा आफ्नो प्रभाव जमाइसकेको शाओमीले विश्वव्यापी स्तरमा...

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ  भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चीनमा हालै लन्च गरिएको शाओमीको इलेक्ट्रिक एसयूभी शाओमी वाईयु७ को बुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...