नेपाल आउने अवतार ईभीको मूल्य १ करोड ४५ लाख रुपैयाँ हुने

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने अवतार ईभीको मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । भन्सार छुट प्रयोजनका लागि कम्पनीहरुले मूल्य सूची प्रकाशन गर्ने गर्छन् । त्यही अनुसार यसको मूल्य तोकिएको हो । यद्यपि बिक्री प्रारम्भ गर्ने समय सम्म मूल्यमा केही फरक पर्न पनि सक्छ ।

नेपाली बजारमा उपलब्ध हुने अवतार ११ मोडल केही सयम पहिले नेपालका लागि हिडेको समाचार सार्वजनिक भएको थियो । सुरुवातमा सो ब्रान्डका केही युनिट कार नेपाल आइपुग्ने छन् ।

सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्न लागेको अवतार ब्रान्डको नयाँ ईभीको मूल्य एमएडब्लु राइड प्रालिले सार्वजनिक गरेको हो ।

हुवावे, सीएटीएल र चांगनको संयुक्त लगानीमा बिकास गरिएको अवतार एक प्रिमियम ईभी ब्रान्ड हो । सन् २०१८ मा स्थापना भएको अवतार टेक्नोलोजी कम्पनीले त्यसको ४ वर्षपछि अर्थात सन् २०२२ मा पहिलो मोडल अवतार ११ ल्याएको थियो । सोही कार राइट ह्यान्ड ड्राइभमा समेत आएपछि नेपाली बजारमा भित्रिन लागेको हो ।

मिड साइज लक्जरी फास्ट ट्र्याक क्रसओभर सेग्मेन्टको यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । नेपाली बजारमा संभवत यसको ९०.३८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडित भेरिएन्ट आउने अनुमान गर्न सकिन्छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्मममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।

यो कार रियर ह्विल र अल ह्विल ड्राइभ अप्सनमा उपलब्ध रहँदै आएको छ । जसअनुसार रियर ह्विल ड्राइभ भर्सनमा २३० किलोवाट र अल ह्विल ड्राइभमा ४२५ किलोवाट आवरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । उच्च मोटर क्षमता र ठूलो साइजको ब्याट्री प्याकका कारण यो निकै पावरफुल र उच्च मइलेजयुक्त छ ।

यसमा जडान गरिएको ९०.३८ किलोवाट आवर क्षमतायुक्त भेरिएन्टले सिंगल चार्जमा ५५५ र ठूलो ब्याट्री प्याकले ६८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

यो प्रिमियम ईभीमा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, र १०.२५ इन्चकै अर्को प्यासेन्जर डिस्प्ले राखिएको छ । कारमा दुईवटा वारयलेस चार्जिङ प्याड, १४–स्पिकर साउन्ड सिस्टम र ३४ वटा सेन्सर जडित इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम लगायत अन्य थुप्रै प्रकारका अत्याधुनिक सुविधा दिइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...