दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने

प्रतिष्ठित विद्युतीय गाडी कम्पनी दिगोले अब नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने भएको छ । १०० किलोवाट पिक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिइएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ भने ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पिक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ ।

विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले बनाएको लिथियम आइरन फस्फेट ब्याट्री भएको १६ सिटर गाडी एक पटकको फुल चार्जमा ३२० किलोमिटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमिटर सम्म गुड्ने दिगोले दाबी गरेको छ ।

बढी मान्छे बोक्न सक्ने क्षमताको साथै बढी रेन्ज भएकोले यी गाडीहरु व्यवसायीका लागि एकदम लाभदायी रहेका छन् । दिगोले मूल्य नतोके पनि अहिले बजारमा भएको अन्य गाडीहरु भन्दा उपयुक्त मुल्यमा र ग्राहकलाई बढी फाइदा हुनेगरी यी गाडीहरु भित्र्याउन लागेको जनाएको छ ।

बजारको माग हेर्दै दशैंलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर विद्युतीय गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । बुकिङ खुलेको छोटो समयमै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ भइसकेको पनि दिगोले सार्वजनिक गरेको छ ।

दिगो ग्रुपले नेपालमा पछिल्लो दशक देखि विद्युतीय गाडी तथा यसको इकोसिस्टममा काम गर्दै आएको छ । दिगो ग्रुप नेपालमा डीएफएसके, सीएचटीसी मोटर्स, जेएसी ईभी गाडीहरुको साथै विश्वकै सबैभन्दा ठुलो चार्जर कम्पनी स्टारचार्जको अधिकारक वितरक हो ।

सम्बन्धित समाचारहरू

डोङफेङ नामीको अत्याधुनिक शोरुम  नागपाेखरी नक्सालमा खुल्दै, खुल्याे टेस्ट ड्राइभ

डोङफेङ नामीको अत्याधुनिक शोरुम नागपाेखरी नक्सालमा खुल्दै, खुल्याे टेस्ट ड्राइभ

काठमाडौं – काठमाडौंको नक्सालमा डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्ने...

प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

काठमाडौं – प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक...

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

काठमाडौं – सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...