चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट
मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...
एथरले आफ्नो फेमिली स्कुटर रिज्टाको भारतमा डेलिभरी शुरु गरेको छ । भारतमा केही शहरबाट यसको डेलिभरी सुरु गरिएको कम्पनीका सिइओ तरुण मेहताले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।
भारतमा लन्च भएपछि नेपालमा समेत निकै चासोका साथ हेरिएको रिज्टा आगामी नाडा अटो शो–२०२४ मा लन्च हुने तयारीमा छ । यो नयाँ इलेक्ट्रिक स्कुटरलाई बैद्यज इनर्जीले नेपाल ल्याउन लागेको हो । रिज्टा एथरको सबैभन्दा सस्तो स्कुटर समेत हो ।
सुरुवाती मूल्य १ लाख १० हजार भारु निर्धारण गरिएको सो स्कुटर एस र जेड गरी दुई भेरिएन्टमा उपलब्ध छ । परम्परागत डिजाइनमा तयार पारिएको ई–स्कुटरमा एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ ।
स्कुटरमा ९०० मिमी लामो फ्ल्याट सिट र पिलियनमा ब्याकरेष्ट समेत पाउन सकिन्छ । यससंगै रिट्जाले सबैभन्दा लामो सिट भएको स्कुटरका रुपमा आफ्नो पहिचान बनाएको कम्पनी दाबी छ । साथै, यसमा ३४–लिटर अन्डर सिट स्टोरेज बिन र अतिरिक्त २२–लिटर फ्रङ्कको बिकल्प दिइएको छ ।
दुईवटा ब्याट्री अप्सनमा आएको यसको बेस एस भेरियन्टमा २.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने जेड भेरिएन्ट २.९ र ३.७ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । स्कुटरको रेन्ज क्रमश १०५ र १२५ किलोमिटर दावी गरिएको छ । यसलाई ८० किलोमिटर प्रति घण्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।
फिचरको कुरा गर्दा रिज्टामा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल ब्लुटुथ कनेक्टिभिटी, अटो हिल होल्ड र रिभर्स मोड रहेको छ । वेस भेरियन्टले ’डीपभ्यू’ एलसीडी डिस्प्ले पाउँछ । ई–स्कुटरमा ’एथर हेलो’ स्मार्ट हेल्मेटको लागि अन्डर सिट वायरलेस चार्जर छ ।
रिज्टामा ’एथर स्किड कन्ट्रोल’ पनि छ । यो एक ट्रयाक्सन कन्ट्रोल सिस्टम हो, जसले रियर ह्वील स्लिप पत्ता लगाउन गति सेन्सरहरू प्रयोग गर्दछ र ह्विल स्पिन रोक्नका लागि शक्तिलाई परिमार्जन गर्दछ । स्कुटरमा ईएसएस पनि दिइएको छ, जसका कारण आपतकालीन अवस्थामा ब्रेक लगाउँदा टेल लाइट बल्छ । साथै यसमा एथर फल सेफ फिचर समेत दिइएको छ ।
कम्पनीका अनुसार रिज्टामा ४०० एमएमको वेडिङ डेप्थ रहेको छ र यसमा आईपी६७ रेटेड ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीले यसमा ५ वर्ष अर्थात ६० हजार किलोमिटरको ब्याट्री वारेन्टी दिएको छ ।
मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...
जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले लस भेगासमा जारी कन्जुमर...
काठामडौं – नेपाली अटो बजारमा केही समययता चर्चा पाइरहेको दिपल ई०७ भोलि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...