बिद्युतिय विमान तयार पार्दै सिएटिएल, रेन्ज ३ हजार किलोमिटर सम्म

विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सिएटिएलले उच्च–घनत्व ब्याट्रीद्धारा संचालित ४ टनको बिद्युतिय विमानको सफल परीक्षण गरेको छ । कम्पनीले अब ठुलो ८ टन सिभिल विमान बनाउने काम गरिरहेको र यो २०२८ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

नयाँ ८ टनको विमानले ३ हजार किलोमिटरसम्म रेन्ज प्रदान गर्ने बताइएको छ । यसले ब्रान्डको नयाँ कन्डेन्स्ड ब्याट्रीलाई एक सेलमा ५०० वाट आवर प्रति किलोग्राम ऊर्जा घनत्वको साथ प्रयोग गर्नेछ । सिएटिएलका अनुसार यस नयाँ विमानले एक ब्रान्ड–न्यु विद्युतीकरण परिदृश्य खोल्ने विश्वास लिइएको छ ।

बिद्युतिय विमानको विकासका लागि सिएटिएलले कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइनासँग साझेदारी गरेको छ । कम्पनीले नागरिक विमान र कम्पोनेन्टहरू विकास गर्न गत वर्ष आफ्नो उड्डयन विभाग स्थापना गरेको थियो ।

सिएटिएलले हाल ३७ प्रतिशत बजार हिस्सा सहित ईभी ब्याट्री बजारमा प्रभुत्व जमाउँदै आएको छ । उसको प्रतिस्पर्धी बीवाईडीको बजार हिस्सा १५.४ प्रतिशत छ ।

सम्बन्धित समाचारहरू

छ बर्षपछि चल्यो चीन–उत्तर कोरिया चल्ने रेल

छ बर्षपछि चल्यो चीन–उत्तर कोरिया चल्ने रेल

करिब छ वर्षपछि चीन र उत्तर कोरियाबीचको रेल सेवा पुनः सञ्चालनमा आएको छ ।...

कारको ब्याट्री कति समय टिक्छ? आयु बढाउने सरल उपायहरू

कारको ब्याट्री कति समय टिक्छ? आयु बढाउने सरल उपायहरू

कारको ब्याट्री सवारी साधनको सबैभन्दा महत्वपूर्ण भागहरूमध्ये एक मानिन्छ।...

सीएटीएलले यसै वर्षदेखि सोडियम आयाेन ब्याट्रीको ठूलो मात्रा उत्पादन गर्ने

सीएटीएलले यसै वर्षदेखि सोडियम आयाेन ब्याट्रीको ठूलो मात्रा उत्पादन गर्ने

विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले यसै वर्षदेखि ठूलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...