बायोनिक रोबोटको साथ ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक
ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको...
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी बिच भएको सम्झौता औपचारिक रुपमा सार्वजनिक भएको छ ।
अटोमोबाइल व्यवसायमा क्रियाशील सिप्रदीले यात्रीलाई दिगो यातायात व्यवस्थाका लागि आवश्यक सहयोग गर्नेछ ।
यात्री डिजाइन स्टुडियोका सीईओ असिम पाण्डेले सिप्रदी र यात्री बिचको सहकार्यले उपभोक्तालाई बजेटमैत्री तथा कटिङ एज टेक्नोलोजीका मोटरसाइकल उपलब्ध गराउने हाम्रो लक्ष्यमा सहयोग पुग्ने बताए ।
सिप्रदी कम्पनिजका सीईओ राजनबाबु श्रेष्ठले यो सहकार्यका लागि गरिएको आवश्यक तयारी र विस्तृत अध्ययनले आगामी दिनमा यात्रीसँगको सहकार्यलाई अझै मजबुत बनाउने र फराकिलो मोबिलिटी परिवर्तन ल्याउनमा भूमिका खेल्ने अपेक्षा गरे ।

यसबाट अटोमोटिभ इन्जिनियरिङमा लोकल इनोभेसन गर्न सहयोग पुग्ने छ । दुई पांग्रे इलेक्ट्रिक सवारी उद्योगमा यो महत्वपूर्ण हुने र यात्रीका उत्पादनलाई समेत अझै अगाडि बढाउन यो सहकार्यले भूमिका खेल्ने छ ।

देशकै प्रतिष्ठित ब्रान्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि आवद्ध रहेको छ । नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री, नेपाली युवाहरुको बीचमा चर्चित ब्रान्ड हो । यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकल नेपाली विद्युतीय दुइ पांग्रे उत्पादन उद्योगमा कोशेढुंगा साबित भएको छ ।
ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको...
काठमाडौं– नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले गत...
हिरो इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...