कलर भेरिएन्ट अनुसार अलोय ह्विल भएको जावा ३५० अपडेट, घट्यो मूल्य

जावा मोटरसाइकलले भारतीय बजारमा आफ्नो क्लासिक बाइक जावा ३५० अपडेट गरेको छ । कम्पनीले सो बाइकको मूल्य १६ हजार भारु घटाएको छ । अब सो बाइकको मूल्य १ लाख ९९ हजार भारु भएको छ ।

कम्पनीले जावा ३५० क्लासिकमा केही कस्मेटिक अपडेट पनि गरेको छ । अब यो बाइक सात रङमा उपलब्ध हुनेछ र सबै कलर भेरिएन्टमा वैकल्पिक अलोय ह्विल दिइएको छ । यसबाहेक जावा ३५० क्लासिकमा कुनै ठुलो परिवर्तन गरिएको छैन ।

नयाँ जावा ३५० मा पहिले जस्तै ३३४ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ७००० आरपीएममा २२ बीएचपीको पावर र ५००० आरपीएममा २८ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ इन्जिनले जावा ३५० को पीक टर्क १ एनएमले बढाएको छ तर पावर पहिलेको २९३ सीसी इन्जिनको तुलनामा ४.८ बीएचपीले घटेको छ ।

यसको इन्जिन ६ स्पिड गियरबक्ससँग ट्युन गरिएको छ । सो बाइकले १३५ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा चल्न सक्ने र एक लिटर पेट्रोलमा १८ देखि २२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । ब्रेकिङको लागि नयाँ जावा ३५० मा एन्टी लक ब्रेकिङ सिस्टमसहितको दुवै पाङ्ग्रामा डिस्क ब्रेक लगाइएको छ ।

नयाँ जावा ३५० नयाँ डबल कार्डल फ्रेममा विकसित गरिएको छ र बाइक समग्र रेट्रो डिजाइनमा देखिन्छ। यो हालको मोडेल भन्दा धेरै फरक देखिन्छ। यसमा १३.५ लिटर मस्कुलर फ्युल ट्याङ्की, फ्ल्याट सिट, राउण्ड हेडलाइट, ८ इन्चको पाङ्ग्रा र सबै एलईडी लाइटिङ जस्ता सुविधा उपलब्ध छ ।

यसको सिट उचाइ ७९० एमएम छ, ग्राउन्ड क्लियरेन्स १७८ एमएम र बाइकको तौल १९२ किलोग्राम रहेको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको सेमी-डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि समावेश छ।

नयाँ जावा ३५० ले क्लासिक सेगमेन्टमा सबैभन्दा धेरै बिक्री हुने बाइक रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

आयो २०२४ जावा ४२

आयो २०२४ जावा ४२

जावाले आफ्नो पुरानो मोडल जावा ४२ को अपडेट भर्सन भारतीय बजारमा प्रस्तुत...

क्लासिक लेजेन्ड्सका सह–संस्थापकले जिते येज्दी ट्रेडमार्कको मुद्दा

क्लासिक लेजेन्ड्सका सह–संस्थापकले जिते येज्दी ट्रेडमार्कको मुद्दा

क्लासिक लेजेन्ड्सका सह–संस्थापक बोमन इरानीले अन्ततः येज्दी ट्रेडमार्कको...

थप फिचरसहित जावा ४२ एफजे भारतमा लन्च

थप फिचरसहित जावा ४२ एफजे भारतमा लन्च

जावा येज्दी मोटरसाइकलले नयाँ जावा ४२ एफजे भारतीय बजारमा लन्च गरेको छ । यसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...