हुन्डाईको सबैभन्दा सानो इलेक्ट्रिक एसयूभी ‘इन्स्टर’ सार्बजनिक, के छन् विशेषता ?

हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ । क्यास्पर एसयूभीमा आधारित सो नयाँ ईभी ब्रान्डको सबैभन्दा सानो र विश्वव्यापी रूपमा उपलब्ध हुने सबैभन्दा किफायती विद्युतीय गाडी हुने जनाइएकोे छ ।
नयाँ ईभी ३८२५ एमएम लामो, १६१० एमएम चौडा र १५७५ एमएम अग्लो छ । साथै यसको ह्विलवेश २५८० र बुट स्पेस २८० लिटर छ ।

क्यास्परकै डिजाइन क्यूमा तयार पारिएको सो ईभीको हेडल्याम्प क्लस्टरको वरिपरि गोलाकार एलईडी डिआरएलएस र पिक्सेल–थीम्ड टर्न सिग्नल राखिएको छ । अगाडि एएएस सेन्सरहरू, चार्जिङ पोर्ट र हेडल्याम्प यूनिटको बीचमा क्यामेरा दिइएको छ ।

कारको ड्यासबोर्डमा १०.२५ इन्च लामो दुईवटा स्क्रिन राखिएको छ । जसले डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेन्मेन्टका रुपमा काम गर्नेछ । साथै यसमा अटो क्लाइमेट कन्ट्रोल, मल्टि–फंक्सन स्टेयरिङ ह्वील, भेन्टिलेटेड सिटहरू, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र फुल एडास सुइट समावेश गरिएको छ ।

यो नयाँ ईभी ४२ किलोवाट आवर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । यसमा जडान गरिएको सिंगल मोटरले क्रमशः ९५ बिएचपी तथा ११३ बिएचपी पावर र १४७ एनएम टर्क जेनेरेट गर्दछ । सिंगल चर्जमा ३५५ किलोमिटर रेन्ज दिने दावी गरिएको हुन्डाई इन्स्टरलाई १२० किलोवाट क्षमताको डिसी चार्जरले ३० मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई आई–२० मा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् सुबिधा

हुन्डाई आई–२० मा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् सुबिधा

हुन्डाईले आई–२० ह्याचब्याकको नयाँ भेरियन्ट ल्याएको छ । स्पोर्टज्(ओ) नामले...

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...

ग्राहकलाई डेलिभरी गरियो मेड इन नेपाल हुन्डाई भेन्यु, मूल्य कति ?

ग्राहकलाई डेलिभरी गरियो मेड इन नेपाल हुन्डाई भेन्यु, मूल्य कति ?

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...