नयाँ ईभी भ्यान सोकोन ईसी ३६ नेपालमा, एकैपटक ४१ ग्राहकलाई चाबी हस्तान्तरण

काठमाडौं – नेपाली बजारमा नयाँ ईभी भ्यान थपिएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्सले सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यानको यहि मंगलबार लन्च गरेको छ ।

सोकोन चीनका अधिकारीहरुको पनि उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा वृद्धि कमर्सियल भेइकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र महानायक राजेश हमालले संयुक्त रूपमा सोकोन ईसी थर्टी सिक्सका पहिलो ४१ जना ग्राहकहरूलाई चाबी हस्तान्तरण गरेका थिए । सो अवसरमा ग्राहकहरूसँगै केक काटेर शुभ अवसरको उत्सव समेत मनाइएको थियो ।

सोकोन ईसी थर्टी थ्री भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । सो ११ सिटे ईभी यात्र भ्यानले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यसको शक्तिशाली ६० किलोवाटको इलैक्ट्रिक मोटर २०० एनएम टर्क उत्पन्न गर्न सक्षम छ भने यसको अधिकतम ग्रेडेबिलिटी ४० प्रतिशत रहेको छ । यसमा जडान गरिएको ४२ किलोवाट आवरको सीएटीएल ब्याट्रीले १.३ घण्टामा २० देखि ८० प्रतिशत सम्म र २.५ घण्टामा ० देखि १०० प्रतिशत सम्म छिटो चार्ज गर्ने क्षमता राख्छ ।

१८८ एमएमको ग्राउण्ड क्लियरेन्सले यसलाई नेपाली सडकहरूको लागि उपयुक्त बनाउँछ । यसका साथै भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षाका सुविधाहरू पनि रहेका छन्। यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिङ प्रणालीको सुविधा पनि उपलब्ध भएको कम्पनीले बताएको छ।

भ्यानमा प्रयोग गर्न अति सजिलो टचस्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । एमएडब्ल्युु ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णुकुमार अगरवालले गुणस्तरीय अटोमोबाइल मात्र नभई सर्भिस र स्पेयर पार्ट्सलाई पनि प्राथमिकता दिएको र ग्राहकहरूको आवश्यकतालाई प्राथमिकता दिँदै उनीहरुको भरोसा जित्ने कुरामा विश्वस्त भएको बताए । उनले सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टी सिक्स लन्च गर्न पाउँदा गर्व लागेको बताउदै यो सफल हुने र ग्राहकहरुको आवश्यकताहरुलाई यसले पूरा गर्ने बताए ।

एमएडब्ल्यु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले सोकोन ईसी थर्टी सिक्सका ४१ भ्यानहरू प्रस्तुत भएको सो ऐतिहासिक क्षणको साक्षी बन्न पाउँदा हर्षित भएको बतादै एमएडब्ल्यु वृद्धि उच्चस्तरीय सेवा, गुणस्तरीय स्पेयर पार्ट्स र ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राख्ने आफ्नो प्राथमिकतामा सधैं अटल भएको बताए ।

सम्बन्धित समाचारहरू

जीएसी एवोन वाईको मूल्य बढाउँदै सीजी मोटर्स

जीएसी एवोन वाईको मूल्य बढाउँदै सीजी मोटर्स

काठमाडौं – नेपाली बजारमा केही समय पहिले भित्रिएको जीएसी ब्रान्डको एसयूभी...

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक...

यसरी सार्वजनिक गरियो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ सम्मिश्रणयुक्त दिपल एस०५, यस्ता छन् फिचर

यसरी सार्वजनिक गरियो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ सम्मिश्रणयुक्त दिपल एस०५, यस्ता छन् फिचर

काठमाडौं – नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...