इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं– चेरी अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड जेको नेपाल आउने भएको छ । सोही ब्राण्ड अन्तर्गको अर्को ईभी ब्रान्ड ओमोडा बिक्री गर्दै आएको एसपीजी अटोमोबाइल्सले जेको जे६ मोडल नेपाल ल्याउने तयारी गरेको हो । हालै सम्पन्न बेइजिङ मोटर शोमा यसको ग्लोवल डेब्यु गरिएको थियो ।

आगामी नाडा अटो शो–२०२४ मा जेको जे६ नेपाल आउने र लगत्तै बुकिङ खुल्ला गरिने कम्पनी स्रोतले बताएको छ । चीनमा आईकार–३ नामले चिनिने यो एसयूभीलाई चेरीले जेको ब्याज राखेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न लागेको हो । यसको राईट ह्यान्ड ड्राइभ भर्सनलाई चेरीले पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा नेपालमार्फत बिक्री सुरु गर्न लागेको हो ।

विश्व प्रख्यात विलाशी ब्राण्ड ल्याण्ड रोभरको डिजाइन क्यूमा आधारित जे६ एक प्रिमियम अफरोड एसयूभी हुने जनाइएको छ । यसको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७११ एमएम तथा ह्विलवेस २७१५ एमएम छ । यो अफरोड एसयूभी निकै वक्सी र फ्युचरिस्टिक रहेको छ ।

रियर ह्विल र अल ह्विल ड्राइभ दुबै भर्सनमा उपलब्ध हुने यसको अल ह्विल ड्राइभ भर्सनले २७९ एचपी पावर दिने जनाइएको छ । यो नयाँ एसयूभीमा ६९.८ किलोवाट आवर क्षमतको एलएफपी ब्याट्री जडान गरिनेछ । जसले सिंगल चार्जमा ५०१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

चीनमा यो साताका समाचार : फोर्ड देखि बीवाईडी र चेरी देखि अन्य कम्पनी चर्चामा

चीनमा यो साताका समाचार : फोर्ड देखि बीवाईडी र चेरी देखि अन्य कम्पनी चर्चामा

चिनियाँ सवारी साधन बजार विश्वकै लागि चासोको विषय बन्छ । पछिल्लो समयमा...

एकैपटक खुले ठूलो संख्यामा चार्जिङ स्टेसन, विद्युतीय सवारी प्रयोग बढाउन भूमिका खेल्ने

एकैपटक खुले ठूलो संख्यामा चार्जिङ स्टेसन, विद्युतीय सवारी प्रयोग बढाउन भूमिका खेल्ने

नेपालमा चल्ने इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेसन खुल्ने...

बोल्ड डिजाइन र स्मार्ट इनोभेसनका साथ नेपाली सडकमा बलियो उपस्थिति जनाउँदै फिचर लोडेड नामी भिगो

बोल्ड डिजाइन र स्मार्ट इनोभेसनका साथ नेपाली सडकमा बलियो उपस्थिति जनाउँदै फिचर लोडेड नामी भिगो

नेपालको इलेक्ट्रिक सवारी साधन अर्थात ईभी बजारमा नामी भिगो अन्य ब्रान्ड र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...