लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट
काठमाडौं – लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर सञ्चालन...
केही दिन पहिले मात्र नेपालमा पनि बिक्री शुरु हुने घोषणा भएको चांगान लुमिन ईभी काठमाडौं आइपुगेको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले सो गाडी नेपाल ल्याएको हो ।
केही दिन पहिले यसको मूल्य समेत सार्वजनिक भइसकेको छ । यसको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको सो मूल्य भन्दा कम मूल्य कायम हुने अपेक्षा समेत भइरहेको छ ।
हाल यसको परीक्षण भइरहेको र केही समय पछि औपचारिक रुपमा लन्च हुने अपेक्षा गरिएको छ ।
चांगान लुमिन सिटी कारमा ३५ किलोवाटको मोटर छ । यसमा १७.६५ किलोवाट आवर र २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ । दुई भेरिएन्टले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ । यद्यपि कुन भेरिएन्टको गाडी नेपाली बजारमा उपलब्ध हुने भनेर कम्पनीले सार्वजनिक गरेको छैन ।

यसमा १४ इन्चको ह्विल छ । यसको इन्टेरियरमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन र १०.२५ इन्चको इन्फोटेनमेन्ट युनिट समेत छ । भ्वाइस असिस्टेन्ट र कलर इन्सर्टले यसको इन्टेरियरलाई अझै लभ्ली बनाएको छ ।
रेडियो, नेभिगेसन, स्मार्टफोन इन्टरफेस कनेक्टिभिटी र एडेप्टिभ क्रुज कन्ट्रोल लगायतका फिचर यसमा पाउन सकिन्छ ।
चीनमा सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको चांगान लुमिनमा मोडुलर ईपीए जिरो प्लेटफर्मको प्रयोग गरिएको छ ।
काठमाडौं – लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर सञ्चालन...
ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा...
काठमाडौं – काठमाडौंको टेकुमा थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...