सिट्रोन सी३ एयरक्रसको ईभी भर्सन सार्बजनिक, ७ सिटर एसयूभीको रेन्ज ३०० किलोमिटर

सिट्रोनले युरोपेली बजारमा सी३ एयरक्रसको ईभी भर्सन सार्बजनिक गरेको छ । नयाँ सी३ एयरक्रस ईभी अव यसको आईसिई र हाइब्रिड पावरट्रेनका साथ उपलब्ध हुनेछ । जसको मूल्य २७ हजार ४०० यूरोबाट सुरु हुने जनाइएको छ ।

४.३९ मिटर लामो सो कार ७ सिटर एसयूभी सेग्मेन्टमा आएको हो । बक्सी डिजाइनमा तयार पारिएको यो ईभीमा एलईडी हेडल्याम्प, रियर पार्किङ सेन्सर एबं क्यामेरा, हेड–अप डिस्प्ले, १०.२५ इन्च इन्फोटेनमेन्ट स्क्रिन, र वायरलेस चार्जिङ लगायत फिचर सामेल गरिएको छ ।

कारमा ४४ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ भने इलेक्ट्रिक पावरट्रेनले १११ बीएचपी पावर उत्पादन गर्छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज पाइने दावी गरिएको यो कारको टप स्पिड भने १४५ किलोमिटर प्रतिघण्टा छ । १०० किलोवाट क्षमताको चार्जरले यसलाइ २६ मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले छिट्टै ४०० किलोमिटर रेन्ज दिने अर्को भर्सन समेत लन्च गर्ने योजना बनाएको छ । सी३ एयरक्रस भारतीय बजारमा समेत उत्पादन हुँदै आएका कारण निकट भबिष्यमा यसको ईभी भर्सनलाई सिट्रोनले भारतमै पनि उत्पादन गर्न सक्ने संभावना देखिन्छ । भारतमा उत्पादन भएपछि यो नेपाली बजारमा समेत आउनेछ ।

सम्बन्धित समाचारहरू

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...

अब सिट्रोनको नयाँ गाडी हुनेछ बेसाल्ट, सार्वजनिक भयो कन्सेप्ट

अब सिट्रोनको नयाँ गाडी हुनेछ बेसाल्ट, सार्वजनिक भयो कन्सेप्ट

सिट्रोनले भारतमा नयाँ कूपे एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक गरेको छ ।...

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

काठमाडौं – फ्रेन्च डिएनएको सिट्रोन ई–सी३ (ईसीथ्री) को बुकिङ हाल चलिरहेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...