बजाजको पल्सर लाइनअप अपडेट, डिजिटल डिस्प्लेको साथ ब्लुटुथ जडित पल्सर एन१६० लन्च

बजाज अटोले आफ्नो लोकप्रिय बाइक पल्सरको लाइनअप अपडेट गरेको छ । यसमा कम्पनीले पल्सर एन१६० लन्च गरेको छ । कम्पनीले आफ्ना बाइकहरूमा डिजिटल डिस्प्लेसहितको ब्लुटुथ कनेक्टिभिटी जस्ता सुविधाहरू उपलब्ध गराएको छ ।

नयाँ पल्सर एन१६० मा सबैभन्दा ठुलो अपडेट यसको फ्रन्ट यूएसडी फोर्क हो । सो बाइक बजार ड्युअल च्यानल एबीएस भएको एक मात्र १६०सीसी बाइक हो । सो बाइकको एक्स शोरुम मूल्य १ लाख ४० हजार भारु तोकिएको छ । पल्सर एन१६० को नयाँ मोडल पुरानो भेरिएन्टको तुलनामा ६ हजार भारुले महँगो छ ।

२०२४ पल्सर एन१६० मा ब्लुटुथ इनेबल्ड इन्स्ट्रयुमेन्ट कन्सोल पनि समावेश छ । अब बाइकमा रोड, रेन र अफ-रोड गरी ३ वटा एबीएस मोड उपलब्ध गराएको छ। तर, सो बाइकमा एबीएस मोड पूर्ण रूपमा बन्द गर्न सकिँदैन, बरु एबीएसलाई मोड अनुसार एडजस्ट गर्न सकिन्छ।

नयाँ पल्सर एन१६० मा पुरानो मोडलमा जस्तै १६४.८२ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १६ एचपीको पावर र १४.७ एनएमको पीक टर्क जेनेरेट । ट्रान्समिशनका लागि बाइकमा ५ स्पिड गियरबक्स समावेश गरेको छ । सो बाइकमा स्ट्यान्डर्ड ड्युअल च्यानल एबीएससहित दुवै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ ।

पल्सर एन१६० को लम्बाइ २०५५ एमएम, चौडाइ ७६५ एमएम, ह्विलवेस १३५८ एमएम, ग्राउन्ड क्लियरेन्स १६५ एमएम र सिट हाइट ७९५ एमएम रहेको छ । सो बाइकको तौल १४८ किलोग्राम छ । बाइकको फ्युल ट्याङ क्षमता १४ लिटर छ ।

सम्बन्धित समाचारहरू

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

काठमाडौं – बजाज बाइक किन्न चाहनेहरुका लागि अब झनै सजिलो हुने भएको छ ।...

एनपीएल सिजन २ : यी ३ उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल

एनपीएल सिजन २ : यी ३ उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट...

बजाज चेतक इलेक्ट्रिक स्कुटरको मूल्यमा भारी कटौती, नेपालमा पनि असर पर्ने

बजाज चेतक इलेक्ट्रिक स्कुटरको मूल्यमा भारी कटौती, नेपालमा पनि असर पर्ने

बजाज अटोले आफ्नो इलेक्ट्रिक स्कुटर चेतक इलेक्ट्रिकको मूल्यमा भारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...