युरो कप शुरु हुँदै गर्दा फुटबलर फिल फोडेनले किने बीवाईडी सिल, इन्स्टाग्राममा चर्चा

म्यानचेस्टर सिटी क्लबमा आवद्ध इंग्ल्यान्डका फुटबल खेलाडी फिल फोडेनले चाइनिज अटोमोबाइल ब्रान्ड बीवाईडीको सिल ईभी किनेका छन् ।

युरो कप फुटबल प्रतियोगिता प्रारम्भ हुनै लागेको समयमा उनले सो कार किनेका र यसको तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । उनले तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘लभिङ माई न्यु कार’ । उनले यसका लागि एलएसएच अटो र बीवाईडी युकेलाई धन्यवाद समेत दिएका छन् ।

विश्वको न्यु इनर्जी भेइकलमा अग्रणी मानिने बीवाईडीको गाडी फिल फोडेनले पहिलो पटक किनेका हुन् । यो भन्दा पहिले उनको कार कलेक्सनमा मर्सिडिज बेन्ज एस क्लास, मर्सिडिज बेन्ज एएमजी, रे्न्ज रोभर स्पोर्ट एसभीआर, मर्सिडिज–एएमजी जी६३, ल्याम्बोर्गिनी एभेन्टाडोर र टोयोटा भेल्फायर लगायतका गाडी समेत छन् । यसमा बीवाईडी सिल समेत थपिएको हो ।

सन् २०२७ को जुन सम्मका लागि म्यानचेस्टर सिटीमा आवद्ध फोडेनले एक सातामै २ लाख पाउन्ड भन्दा बढी कमाई गर्छन् । २४ वर्षिय यी खेलाडीले बीवाईडी सिल किनेसँगै यसको चर्चा समेत चुलिएको छ ।

बीवाईडी युरो कप २०२४ को अफिसियल पार्टनर र अफिसियल ई–मोबिलिटी पार्टनर समेत हो । सो प्रतियोगिता जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० विश्व स्तरीय स्टेडियममा हुँदैछ । खेल अवधिमा विभिन्न अवसरमा आवश्यक हुने विभिन्न रेन्जका न्यु इनर्जी भेइकल बीवाईडीले उपलब्ध गराउने छ ।

त्यसैगरी छानिएका केही स्टेडियममा बीवाईडीले अत्याधुनिक इलेक्ट्रिक मोडल र प्रविधि समेत सोकेश गर्नेछ । त्यसैगरी अफिसियल फ्यान जोनमा लाइभ म्याच र अन्य फुटबल सेलिब्रेसनमा पनि बीवाईडीको उत्साहजनक उपस्थिति हुनेछ । युरोपका १९ देशमा रहेका २३०ं बीवाईडी स्टोरहरुमा पनि फुटबल फ्यान र कस्टमरका साथ विभिन्न इभेन्टको आयोजना गरिने छ ।

बीवाईडी सिल नेपाली बजारमा समेत उपलब्ध छ । नेपालमा साइमेक्स इंकले बीवाईडीको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।

कम्पनीले ‘नेपाली अब युरो कपमा’ योजना अन्तर्गत बीवाईडी गाडी खरिद गर्ने र बुकिङ गर्ने फुटबलप्रेमी उक्त ग्राहकलाई छनोट गरी ‘यूईएफए युरो २०२४’ मा सहभागी गराउँदै छ । लक्की ड्रमार्फत युरोकप २०२४ हेर्न जाने अवसर कविनराज श्रेष्ठ, शास्वत गौतम, दिनेश प्याथ, जयराम न्यौपाने, विजेन्द्र शाक्य, श्यामसुन्दर शाक्य, विमल गुरुङ, ममता क्षेत्री, सजनी पाण्डे, गणेश कँडेल र प्रदीप पौडेलले प्राप्त गरेका छन्। 

कम्पनीका अनुसार छनोट भई विजेता बनेका बीवाईडीका ग्राहकहरू जर्मनीमा गई प्रत्यक्ष यूईएफए युरो २०२४ को खेलहरू हेर्ने मौका पाउने छन् ।

सम्बन्धित समाचारहरू

अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

काठमाडौं – नेपालका लागि सीएफमोटो र जिहोको आधिकारिक वितरक ऋषि ट्रेड...

विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा, मूल्य र फिचर यस्तो

विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा, मूल्य र फिचर यस्तो

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा एक...

हार्ले डेभिडसनले ल्यायो सबैभन्दा सस्तो बाइक

हार्ले डेभिडसनले ल्यायो सबैभन्दा सस्तो बाइक

हार्ले डेभिडसनले ३५० सीसी सेगमेन्टमा अहिलेसम्मकै सस्तो बाइक एक्स ३५० लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...