युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

काठमाडौं - नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११ जना ग्राहकहरुलाई जर्मनीमा हुने ‘यूईएफए युरो २०२४’ मा सहभागी गराउने भएको छ । साइमेक्स इंकले एक कार्यक्रमको आयोजना गर्दै बीवाईडी गाडी प्रयोगकर्ता ६ जना र गाडी बुक गर्ने ५ जना गरी ११ जनालाई लक्की ड्रमार्फत छनोट गरेको हो ।

कम्पनीले ‘नेपाली अब युरो कपमा’ योजना अन्तर्गत बीवाईडी गाडी खरिद गर्ने र बुकिङ गर्ने फुटबलप्रेमी उक्त ग्राहकलाई छनोट गरी ‘यूईएफए युरो २०२४’ मा सहभागी गराउँदै छ । लक्की ड्रमार्फत युरोकप २०२४ हेर्न जाने अवसर कविनराज श्रेष्ठ, शास्वत गौतम, दिनेश प्याथ, जयराम न्यौपाने, विजेन्द्र शाक्य, श्यामसुन्दर शाक्य, विमल गुरुङ, ममता क्षेत्री, सजनी पाण्डे, गणेश कँडेल र प्रदीप पौडेलले प्राप्त गरेका छन्। 

उनीहरूको लक्की नम्बर क्रमशः ०७४, ०८८, ०२६, ४०७, ३७३, ६५३, ६६२, २००, १६२, २२२ र ६९१ रहेको छ । कम्पनीका अनुसार छनोट भई विजेता बनेका बीवाईडीका ग्राहकहरू जर्मनीमा गई प्रत्यक्ष यूईएफए युरो २०२४ को खेलहरू हेर्ने मौका पाउने छन् ।

साइमेक्स इंकका अनुसार ‘नेपाली अब युरो कपमा’ योजनामा करिव ८०० बीवाईडीका ग्राहकहरूको आवेदन परेको थियो । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ र बीवाईडीका ब्रान्ड एम्बेस्डर तथा कलाकार हरिवंश आचार्यले लक्की ड्रमार्फत सहभागीका नाम निकाल्दै विजेताको घोषणा गरेका थिए ।

कम्पनीले २०८० फागुन १४ गते उक्त स्किमको सार्वजनिक गरेको थियो । सार्वजनिक भएको एक महिनाभित्र गाडी बुकिङ र खरिद गर्नेहरूले नाम टिपाइ सक्नुपर्ने उद्घोष कम्पनीले गरेको थियो । सो योजनामा उल्लेख्य ग्राहकको सहभागिता रहेको पनि कम्पनीले जानकारी दिएको छ । यूईएफए युरोकप २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ ।

सम्बन्धित समाचारहरू

सेगवे स्कुटर किन्दा २५ हजार सम्म नगद छुट

सेगवे स्कुटर किन्दा २५ हजार सम्म नगद छुट

काठमाडौं– सेगवे–नाइन बोटकोे नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...

५९० किमी रेन्ज सहित पहिलो लक्जरी इलेक्ट्रिक सेडान हुनेछ बीएमडब्ल्यु आई४

५९० किमी रेन्ज सहित पहिलो लक्जरी इलेक्ट्रिक सेडान हुनेछ बीएमडब्ल्यु आई४

बीएमडब्ल्युले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार बीएमडब्ल्यु आई४ भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...