टेस्लाले गुजरातमा कार म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्ने, एलन मस्क पनि भारत आउने
टेस्लाले भारतमा आफ्नो कार म्यानुफ्याक्चरिङ प्लान्ट गुजरातमा स्थापना...
काठमाडौं – लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस९० हालै नेपालमा सार्वजनिक गरेको छ ।
निक्कै बोल्ड र अत्याधुनिक फिचरले सुसज्जित एस९० मा २५०० वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर दिइएको छ । अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ ।
२५२० वाट आवर क्षमताको ब्याट्री भएकाले यसले एकपटकको फुलचार्जमा अधिकतम १२० किलोमिटर रेन्ज दिने बताइएको छ ।
स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएकाले यसले ओरालोमा बे्रक लिँदा आफै ब्याट्री चार्ज हुन्छ । यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको अगाडि र पछाडि दुबै चक्कामा डिस्क बे्रक दिइएको छ ।
कम्पनीका सेल्स तथा मार्केटिङ्ग हेड शंकर शर्माले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका छन् ।
६५ किलोमिटर प्रति घण्टाको टप स्पिड भएको यो स्कुटरको ११२ किलोग्राम कुल वजन रहेको छ । यसमा सिटमुनी ३२ लिटरको निक्कै ठुलो वुटस्पेस रहेको छ । जसमा ठुलो हेलमेट राखेर पनि अन्य सामानहरु सजिलै अटाउन सकिन्छ ।
आईपी ६७ रेटेड वाटर तथा डस्ट प्रुफ यो स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ ।
यसमा एनएफसी सिस्टम भएकाले चावीविना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्न सकिन्छ । यो सुरक्षाको दृष्टिले निक्कै सुरक्षित मानिन्छ ।
यसमा एन्टिथेप्ट अलार्म, ७ इन्चको डिजिटल डिस्प्ले, एलईडी हेड लाइट, डिआरएललगायतका फिचरहरु लोडेड छन् ।
यति हुँदाहुँदै पनि यसको अधिकतम बिक्री मुल्य २ लाख ६ हजार १ सय रुपैयाँ मात्र कायम गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।
कम्पनीले एक्स्चेन्ज तथा फाइनान्सको पनि सुविधा रहेको जनाएको छ ।
टेस्लाले भारतमा आफ्नो कार म्यानुफ्याक्चरिङ प्लान्ट गुजरातमा स्थापना...
टाटा नेक्सन ईभीमा प्रयोग हुने ब्याट्री अब नेपालमै मर्मत गर्न सकिने भएको छ ।...
सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...