टाटा नेक्सनद्वारा ७ वर्षमा ७ लाख युनिट बिक्रीको आँकडा पार

टाटा मोटर्सले नेक्सन एसयूभी ७ वर्षभित्र ७ लाख युनिट बिक्रीको आँकडा पार गरेको घोषणा गरेको छ । टाटा नेक्सन सन् २०१७ मा लन्च गरिएको थियो । नेक्सन सन् २०२१ र २०२३ बिच लगातार तीन वर्षसम्म भारतको सबैभन्दा धेरै बिक्री हुने एसयूभीको उपाधि हासिल गरेको थियो ।

नेक्सनले २०१८ मा जीएनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको थियो । फेब्रुअरी २०२४ मा पनि अपडेट गरिएको नेक्सनले ५ स्टार जीएनक्याप रेटिङ हासिल गरेको थियो । हालै नेक्सन ईभीले पनि पूर्ण अंक प्राप्त गरेको छ ।

पेट्रोल, डिजेल र इलेक्ट्रिक जस्ता विभिन्न पावरट्रेनमा उपलब्ध टाटा नेक्सनले समयसँगै आफ्नो स्थिति बलियो बनाएको छ। टाटा नेक्सनले पछिल्ला २ वर्षमा ३ लाखभन्दा बढी युनिट बिक्री गरेको छ ।

टाटा नेक्सन लन्च भएको २५ महिना भित्र १ लाख युनिट बिक्री गरेको थियो । त्यसको २० महिना भित्र टाटाले कुल २ लाख नेक्सन बिक्री गरेको थियो ।

मार्च २०२२ र अक्टोबर २०२२ मा ३ र ४ लाख युनिट बिक्री भएको थियो। डिसेम्बर २०२३ सम्ममा नेक्सनको बिक्री सङ्ख्या ६ लाख युनिट पुगिसकेको थियो । यसको गतिलाई अगाडि बढाउँदै टाटाले अर्को ७ महिना भित्र ७ लाख बिक्रीको कोसेढुङ्गा हासिल गरेको छ ।

सम्बन्धित समाचारहरू

टाटा अभिन्या इलेक्ट्रिक कार कन्सेप्ट सार्वजनिक : ५ सय किमी भन्दा बढी रेन्ज, नयाँ लोगोको प्रयोग

टाटा अभिन्या इलेक्ट्रिक कार कन्सेप्ट सार्वजनिक : ५ सय किमी भन्दा बढी रेन्ज, नयाँ लोगोको प्रयोग

टाटा मोटर्सले आज भारतमा टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरेको...

सिप्रद्धीको १० स्थानमा डिसी चार्जिङ स्टेशन, थप ६ स्थानमा छिट्टै संचालन हुने

सिप्रद्धीको १० स्थानमा डिसी चार्जिङ स्टेशन, थप ६ स्थानमा छिट्टै संचालन हुने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले देशका १०...

नेपाली बजारमा पहिलो पटक भित्रियो सहरी यातायातमा नयाँ युगको सुरुवातका साथ टाटा म्याजिक बीएस६

नेपाली बजारमा पहिलो पटक भित्रियो सहरी यातायातमा नयाँ युगको सुरुवातका साथ टाटा म्याजिक बीएस६

नेपालगन्ज – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...