हुन्डाईमा लक्ष्मी ग्रुपको छलाङ : डिलरदेखि आयातकर्ता हुँदै उत्पादक सम्मको यात्रा
गत शुक्रबार प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले हुन्डाई गाडीको...
काठमाडौं – नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्प्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरहकै हुने कम्पनीले दाबी गरेको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्रै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई१० नियोसका साथै अल न्यु हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने कम्पनीले जनाएको छ ।
हाल बिक्रीका लागि उपलब्ध हुन्डाई भेन्यु एसको मूल्य ४४ लाख ९६ हजार र एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा पहिले आयात गरिएका २०२४ मोडलका यी दुई भेरिएन्टको मूल्य क्रमशः ४८ लाख ९६ हजार र ५७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
यस अनुसार नेपालमै बनेको हुन्डाई भेन्युको मूल्यमा करिव ४ लाख रुपैयाँ फरक परेको छ ।
हुन्डाईको इन्ट्री लेवल भेरिएन्टको २०२४ मोडलमा नेपालमा उपलब्ध भेरिएन्ट हुन्डाई भेन्यु ई हो । यसको मूल्य भने ४१ लाख ९६ हजार रुपैयाँ छ । हाल नेपालमा एसेम्बल गरिएको एस र एसएक्स भेरिन्ट हो ।
गत शुक्रबार प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले हुन्डाई गाडीको...
हुन्डाई क्रेटाको फेसलिफ्ट भर्सन १६ जनवरीमा लन्च हुने भएको छ । लन्च...
काठमाडौं – हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...