अब नेपाली बजारमा भित्रिदै चांगान लुमिन सिटी कार, मूल्य २१ लाख ९९ हजार

काठमाडौं – कम मूल्यको कार नेपाली बजारमा भित्रिने क्रममा अब चांगानको लुमिन सिटी कार भित्रिने भएको छ । चांगानको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले यसको मूल्य समेत सार्वजनिक गरेको छ । यसको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यद्यपि कुन भेरिएन्टको गाडी नेपाली बजारमा उपलब्ध हुने भनेर कम्पनीले सार्वजनिक गरेको छैन । परीक्षणको लागि केही युनिट भन्सारमा आइसकेको कम्पनी स्रोतको भनाइ छ ।

चांगान लुमिन सिटी कारमा ३५ किलोवाटको मोटर छ । यसमा १७.६५ किलोवाट आवर र २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ । दुई भेरिएन्टले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।

यसमा १४ इन्चको ह्विल छ । यसको इन्टेरियरमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन र १०.२५ इन्चको इन्फोटेनमेन्ट युनिट समेत छ । भ्वाइस असिस्टेन्ट र कलर इन्सर्टले यसको इन्टेरियरलाई अझै लभ्ली बनाएको छ ।

रेडियो, नेभिगेसन, स्मार्टफोन इन्टरफेस कनेक्टिभिटी र एडेप्टिभ क्रुज कन्ट्रोल लगायतका फिचर यसमा पाउन सकिन्छ ।

चीनमा सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको चांगान लुमिनमा मोडुलर ईपीए जिरो प्लेटफर्मको प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

टेस्लाले गुजरातमा कार म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्ने, एलन मस्क पनि भारत आउने

टेस्लाले गुजरातमा कार म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्ने, एलन मस्क पनि भारत आउने

टेस्लाले भारतमा आफ्नो कार म्यानुफ्याक्चरिङ प्लान्ट गुजरातमा स्थापना...

दिपल एस०५ पाउन केही महिना पर्खिनु पर्ने : नेपाली अटोमोबाइलमा एक ‘नयाँ सनसनी’

दिपल एस०५ पाउन केही महिना पर्खिनु पर्ने : नेपाली अटोमोबाइलमा एक ‘नयाँ सनसनी’

काठमाडौं – तपाई दिपल एस०५ ईभी किन्ने योजनामा हुनुहुन्छ भने अहिले तुरुन्तै...

फोहोर संकलनमा फोटोनका विद्युतीय लाइट ड्युटी ट्रक प्रयोग गरिने

फोहोर संकलनमा फोटोनका विद्युतीय लाइट ड्युटी ट्रक प्रयोग गरिने

काठमाडौँ – ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...