सोनी र होन्डाको सहकार्यमा तयार भएको इभी जनवरी ४ मा सार्वजनिक हुँदै
जापानका दुई प्रख्यात कम्पनी सोनी र होन्डाले सहकार्य गरेर तयार पारेको...
काठमाडौं – इलेक्ट्रिक कार नेटा नेटा भी ५ लाख डाउन पेमेन्टमै किन्न सकिने भएको छ । नेपालका लागि नेटा भीको आधिकारिक वितरक सीजी मोटर्सले यो अफर ल्याएको हो ।
नेटा भीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ छ । यसको डाउन पेमेन्ट २० प्रतिशतको हिसाबले ७ लाख ८० हजार रुपैयाँ रहने भए तापनि कम्पनीले प्रदान गर्ने छुटलाई डाउन पेमेन्टमै मिलाएर लिन सकिने भएको हो ।
यस अनुसार ७ वर्ष सम्म मासिक रुपमा करिव ५२ हजार रुपैयाँ किस्ताबन्दी तिर्न सकिने छ । यसबाट थोरै आय भएका र शुरुमा धेरै डाउन पेमेन्ट तिर्न नसक्नेलाई सहज हुनेछ ।
नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।
सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ ।
यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ ।
जापानका दुई प्रख्यात कम्पनी सोनी र होन्डाले सहकार्य गरेर तयार पारेको...
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ चीनमा लन्च...
काठमाडौं – नेपाल चीन सीमानामा एमजी एस५ ईभी देखिएको छ । नेपाली बजारमा धेरैले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...