टाटा अल्ट्रोजमा ठूलो टचस्क्रिनसहित ६ एयरब्याग समावेश हुने

टाटा मोटर्सले छिट्टै अल्ट्रोज प्रिमियम ह्याचब्याक कार लन्च गर्ने भएको छ । अल्ट्रोज रेसर एक्सजेड लक्स, एक्सजेड प्लस एक्स र एक्सजेड प्लस लक्स डार्क गरी ३ भेरिएन्टमा उपलब्ध हुनेछ ।

टाटा अल्ट्रोज रेसरमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । यद्यपि, ठूलो स्क्रिन नयाँ एक्सजेड लक्स भेरिएन्टबाट सुरु गरी उच्च भेरिएन्टमा मात्र सीमित हुनेछ । तल्लो र मध्य–स्तर भेरिएन्टमा ७ इन्च टचस्क्रिन समावेश गरिएको छ । साथै सबै भेरिएन्टमा लेदरेट सिट हटाइएको छ ।

कम्पनीले अल्ट्रोज एक्सजेड लक्स भेरिएन्टमा ब्लाइन्ड भ्यू मोनिटरसहितको ३६० डिग्री क्यामेरा पनि उपलब्ध गराएको छ । साथै नयाँ एक्सजेड प्लस एस लक्स भेरिएन्टमा ६ वटा एयरब्याग र नयाँ ७ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर पनि उपलब्ध गराइएको छ ।

नयाँ अल्ट्रोजमा १.२ लिटर पेट्रोल, १.२ लिटर पेट्रोल + सीएनजी र १.५ लिटर डिजेल इन्जिन विकल्प समावेश गरिएको छ । यसमा १.२ लिटर टर्बो–पेट्रोल इन्जिन विकल्पको रुपमा उपलब्ध हुनेछ । सो इन्जिनले १२० एचपी र १७० एनएमको टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पिड म्यानुअल गियरबक्सको साथ उपलब्ध हुनेछ । टाटा अल्ट्रोज रेसरले बजारमा हुन्डाई आई२० एन र मारुती फ्रोङ्क्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

टाटा कर्भ ईभीको के२के यात्रा सुरु, ३ हजार किमी पार गर्ने

टाटा कर्भ ईभीको के२के यात्रा सुरु, ३ हजार किमी पार गर्ने

काठमाडाैं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा ईभीको नजिक पुग्यो एमजीको बिक्री, बजार हिस्सामा समेत फेरबदल

टाटा ईभीको नजिक पुग्यो एमजीको बिक्री, बजार हिस्सामा समेत फेरबदल

काठमाडौं– एमजीले भारतमा ईभीको बिक्री ह्वात्तै बढाएको छ । हालै लन्च गरिएको...

११ लाख भारुमा लन्च भयो पन्च ईभी, रेन्ज ३१५ र ४२१ किलोमिटर दिने दावी

११ लाख भारुमा लन्च भयो पन्च ईभी, रेन्ज ३१५ र ४२१ किलोमिटर दिने दावी

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई आज भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...