चीनमा बीवाईडीलाई पछ्याउँदै चांगान

चीनको घरेलु अटोमोबाइल बजारमा चांगानले एक नम्बरको बीवाईडीलाई पछ्याइरहेको छ । सन् २०२३ को तथ्यांकमा पहिलो नम्बरमा रहेको बीवाईडीलाई चांगान अटोमोबाइलले पछ्याइरहेको देखिन्छ ।

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार सन् २०२३ मा बीवाईडीका २५ लाख ७१ हजार कार विक्री भएका थिए । बीवाईडी र चांगानबीच ठूलो अन्तराल देखिन्छ । तथापि नौ लाख ६२ हजार कार विक्री गरेको चांगान दोस्रो ठूलो चिनियाँ कार निर्माता बनेको छ ।

सीपीसीएका अनुसार सन् २०२३ मा चिनियाँ बजारमा दुई करोड १७ लाख नयाँ कार विक्री भएको थियो जुन अघिल्लो वर्षको तुलनामा ५.६ प्रतिशतले बढी हो । ईभी तथा पीएचईभीको प्रभावका कारण चिनियाँ कार बजार ५ प्रतिशतले वृद्धि भए पनि आईसीई कारको विक्री ६.१ प्रतिशतले घटेको छ । सन् २०२३ मा चीनमा ईभी र पीएचईभीको बजार ३६.५ प्रतिशतले बढेको हो । हाल चिनियाँ बजारमा ईभी र पीएचईभीको हिस्सा ३५.७ प्रतिशत रहेको छ ।

चांगान विगत दुई दशकदेखि चीनको टप ३ अटोमेकरका रुपमा रहँदै आएको थियो । पछिल्ला तीन वर्षमा चांगानको विक्री असाधारण रहेको छ । घरेलु मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि चांगानको विक्रीमा बढोत्तरी हुँदै आएको छ । बलियो घरेलु माग र न्यु इनर्जी भेइकल (एनईभी) को सुरुवातका कारण यो सम्भव भएको थियो ।

सन् २०२२ मा चांगानले संसारभर २३ लाख ५० हजार गाडी विक्री गरेको थियो । यो वर्ष एनईभी विक्रीमा ४१.१ प्रतिशत इयर अन इयर वृद्धि गरेर तीन लाख ८१ हजार युनिट कार विक्री गरेको थियो । यो वर्ष चांगानका कारको निर्यात महसुस हुने गरी बढेको थियो ।

गएको वर्ष त चांगानको बिक्री २५ लाख ५३ हजार पुग्यो जुन अघिल्लो वर्षको तुलनामा ८.८ प्रतिशतले बढी हो । इलेक्ट्रिक भेइकलको विक्री चार लाख ७४ हजार युनिट पुग्यो जुन अघिल्लो वर्षको तुलनामा ७४.८ प्रतिशतले बढी हो ।

अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने चांगानको निर्णयले पनि उसको सफलतामा महत्वपूर्ण योगदान दिएको छ । उसले दक्षिणपूर्व एसिया र युरोपलाई आफ्नो गन्तव्य बनाएको छ । सन् २०२३ मा चांगानले थाइल्यान्डमा डेब्यु गरेको थियो जुन उसको मिसन अफ सांग्रिला र भास्ट ओसियन प्लान जस्ता नीतिमा आधारित थियो ।

नेपालमा चांगानको आधिकारिक विक्रेता रहेको एमएडब्लु वृद्धिले गत महिना दिपल एस०७ ईभी सार्वजनिक गरेको थियो । १५ भन्दा बढी नेपालमै पहिलो पटक प्रयोग भएको फिचर भएको दिपल एस०७ छोटो सबैभन्दा बढी खोजिएको ईभी बन्न सकेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’...

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

बजारमा हाइब्रिड कारको संख्या पछिल्लो केही वर्षहरुमा बढेको छ । हाइब्रिड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...