टाटा अल्ट्राेज रेसरको पहिलो टिजर रिलिज, स्पोर्टी लुक र 360 डिग्री क्यामेरा जस्ता सुविधा हुने

टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित कार अल्ट्रोज रेसरको पहिलो टिजर सार्वजनिक गरेको छ । सो कार हाल उपलब्ध अल्ट्रोजको स्पोर्टी संस्करण हो ।

मिडिया रिपोर्टका अनुसार अल्ट्रोज​​ रेसरमा शक्तिशाली इन्जिन, सेप्टीका लागि ६ एयरब्याग र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुनेछ । यसलाई भारतमा जुन २०२४ मा लन्च गर्न सकिनेछ । सो एसयूभीले भारतमा हुन्डाई आई२० एन लाइनसँग प्रतिस्पर्धा गर्नेछ।

सो एसयूभी ड्युअल टोन एक्सटेरियर कलर थिममा आउनेछ। यसमा रुफ, बोनेट, विङ मिरर, विन्डो लाइन, स्पोइलर र तीनवटै पिलर ए, बी, सीमा ब्ल्याक कलर थिम दिइएको छ । अल्ट्रोज रेसरमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल हुनेछ ।

टाटा अल्ट्रोज रेसरको क्याबिनमा स्पोर्टी इन्टेरियर डिजाइन दिइएको छ । यसमा १०.२५ इन्चको टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, नयाँ ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, हेड्स अप डिस्प्ले, भ्वाइस कमाण्ड सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ तथा सेफ्टीका लागि ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, चाइल्ड आईएसओफिक्स एंकर सिट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल र सिट बेल्ट रिमाइन्डर जस्ता फिचर दिइएको छ ।

रेसरमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ, जसले १० एचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स उपलब्ध गराइने छ, यसबाहेक यसमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प पनि दिन सकिनेछ ।

सम्बन्धित समाचारहरू

टाटा गाडी किन्ने ग्राहकलाई एसबीआई बैंकले ८० प्रतिशत सम्म कर्जा प्रदान गर्ने

टाटा गाडी किन्ने ग्राहकलाई एसबीआई बैंकले ८० प्रतिशत सम्म कर्जा प्रदान गर्ने

काठमाडौं – नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच हायर पर्चेज कर्जा...

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदीले गर्‍यो आर्थिक सहयोग

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदीले गर्‍यो आर्थिक सहयोग

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो...

टाटा कर्भको डार्क एडिसन आईपीएल–२०२५ को आधिकारिक कार हुने

टाटा कर्भको डार्क एडिसन आईपीएल–२०२५ को आधिकारिक कार हुने

टाटा मोटर्सले यसै महिना भारतमा कर्भ एसयूभीको डार्क एडिसन लन्च गर्ने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...