ट्राफिक कारबाहीमा परेकाहरु स्वयंसेवक बनेर सडकमा खट्न सुरु

काठमाडौं– ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वयंसेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ । बुधबार मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको हो ।

कारवाहीमा परेकाहरुले बिहान ९ बजेदेखि ५ बजेसम्म सडकमा ट्राफिक व्यवस्थापन खटिनुपर्ने कार्यलयले जनाएको छ । उनीहरुलाई सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायत स्थानमा खटाइएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नुनपर्ने घोषणा गरेका थिए । त्यसको साटो मापसे लगायतका कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकको रुपमा खटाइने उनले बताएका थिए ।

सम्बन्धित समाचारहरू

फागुन २० रातिदेखि सवारीसाधन चलाउन नपाइने

फागुन २० रातिदेखि सवारीसाधन चलाउन नपाइने

काठमाडौं – निर्वाचन आयोगले यही फागुन २० गते राति १२ः०० बजेदेखि मतदान...

ट्राफिक लाइटमा अब एआई ह्वाइट लाइट पनि समावेश हुने

ट्राफिक लाइटमा अब एआई ह्वाइट लाइट पनि समावेश हुने

ट्राफिक लाइट देख्नु भएकै होला ? त्यसमा जम्मा ३ कलरका लाइट हुन्छन् । रातो,...

हाेली : काठमाडौँबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा

हाेली : काठमाडौँबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा

काठमाडौं – होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...