फेस्टिभ सिजन पछि क्रेटा फेसलिफ्टको इलेक्ट्रिक भर्सन ल्याउदै हुन्डाई

हुन्डाईले मिड साइज एसयूभी क्रेटा इलेक्ट्रिक भेरिएन्टमा ल्याउने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले यसै वर्षको फेस्टिभ सिजन पछि यसलाई विश्वस्तरमा ल्याउन सक्ने छ । यद्यपि कम्पनीले यस बारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

हाल नयाँ क्रेटाको इलेक्ट्रिक भर्सन विभिन्न तरिकाबाट परीक्षण भइरहेको छ । सो एसयूभीको इलेक्ट्रिक भेरिएन्ट परीक्षणको क्रममा धेरै पटक देखिएको छ। यसको डिजाइन कम्पनीको क्रेटा फेसलिफ्ट जस्तै हुनेछ । सो एसयूभी विश्व स्तरमा लन्च गरेपछि मात्र भारतीय बजारमा लन्च हुने अपेक्षा गरिएको छ ।

परीक्षणको क्रममा देखिएको क्रेटा इलेक्ट्रिकको फ्रन्ट फेन्डर माउन्टेड चार्जिङ पोर्ट, लोगोको पोजिसनमा परिवर्तन, फ्रन्ट र रियर ब्ल्याक अफ ग्रिलका साथै १७ इन्चको अलोय ह्विल देखिएको छ । कम्पनीले क्रेटाको इलेक्ट्रिक भेरिएन्टमा आईसीई भेरिएन्टको जस्तै फिचर उपलब्ध गराउने सम्भावना छ, जसमा ३६० डिजी क्यामेरा, एडीएएस र प्यानोरामिक सनरुफ जस्ता केही फिचर समावेश छ ।

कम्पनीले यसको उत्पादन भेरिएन्टमा ५५ देखि ६० किलोवाट क्षमताको ब्याट्री उपलब्ध गराउने अपेक्षा गरिएको छ । जसका कारण एसयूभीले एकै पटक चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ ।

सम्बन्धित समाचारहरू

याडिया एक्सचेन्ज मेला शुरु : ३० हजार नगद छुट, ६.९९ प्रतिशत ब्याजदर

याडिया एक्सचेन्ज मेला शुरु : ३० हजार नगद छुट, ६.९९ प्रतिशत ब्याजदर

काठमाडौं – नेपालमा याडिया ब्रान्डका इलेक्ट्रिक स्कुटरको बिक्रेता कुजु...

काठमाडौँ महानगरपालिकाले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्ने

काठमाडौँ महानगरपालिकाले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद...

अपडेट भयो सिम्पल वानको इलेक्ट्रिक स्कुटर, ३०० किलोमिटर भन्दा बढी रेन्ज दिने

अपडेट भयो सिम्पल वानको इलेक्ट्रिक स्कुटर, ३०० किलोमिटर भन्दा बढी रेन्ज दिने

भारतको बेंगलुरुमा आधारित ईभी स्टार्ट अप सिम्पल एनर्जीले केही समय पहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...