टीभीएसमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’, ३,९९९ ईएमआईमा बाइक र स्कुटर पाइने

काठमाडौं – नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । सो अभियान भोलि देखि प्रारम्भ भई आगामी शनिबार सम्म चल्ने छ ।

‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस, राइड मोडहरू र जीटीटी अर्थात ग्लाइड थ्रु ट्राफिक जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टीभीएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीको भनाइ छ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ।

सो सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा ६ हजार रुपैयाँ सम्मको क्यास डिस्काउन्टका साथै पुरानो मोटरसाइकलमा ६ हजार रुपैयाँ सम्मको थप मूल्याङ्कन पाउने छन् ।

त्यसैगरी यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम ३ हजार ९९९ रुपैयाँ प्रति महिनाको ईएमआई पनि उपलब्ध गराएको छ। साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

पल्सरसँग प्रतिस्पर्धा गर्ने १२५ सीसी मोटरसाइकल आज सार्वजनिक गर्दै टीभीएस

पल्सरसँग प्रतिस्पर्धा गर्ने १२५ सीसी मोटरसाइकल आज सार्वजनिक गर्दै टीभीएस

टीभीएस मोटर कम्पनीले सामाजिक सञ्जालमा आगामी दिनमा बजारमा उपलब्ध हुने...

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

काठमाडौं – जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड...

जनकपुरमा टीभीएसको नयाँ शोरुम विस्तार

जनकपुरमा टीभीएसको नयाँ शोरुम विस्तार

काठमाडौं –टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिप विस्तार गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...